AdAd
Ad

सार्क हस्तकला प्रदर्शनी आयोजना हुँदै

काठमाडौं, कार्तिक २४। नेपाल हस्तकला महासंघले आसन्न सार्क सम्मेलनलाई लक्षित गर्दै मंसीर ४ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘सार्क हस्तकला प्रदर्शनी’ आयोजन ागर्न लागेको छ । निर्यात प्रवद्र्धन र सार्क क्षेत्रका मुलुकहरु वीच हस्तकलाको माध्यमबाट एक अर्को देशको संस्कृति आदान प्रदान गरी सार्क मुलुकहरु वीच सामिप्य र भाईचारा सम्बन्धको विकास गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघ, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग मन्त्रालय र सार्क सांस्कृतिक केन्द्रको आयोजनामा मेला आयोजना हुन लागेको हो ।
प्रदर्शनीमा देश भित्र महासंघका जिल्ला हस्तकला संघ, वस्तुगत संघहरुमा आवद्ध सदस्य उद्यमीहरु काठमाडौं उपत्यका लगायत देशको ४५ भन्दा बढि जिल्लाका स्थानीय हस्तकला सामाग्री, लघु घरेलु उद्यमीहरुबाट उत्पादित सामाग्रीहरुलाई उच्च प्राथमिकतामा प्रदशर््ानीे तथा बिक्रीको लागि राखिने महासंघले जनाएको छ ।
यस हस्तकला प्रदर्शनीमा एकै छाना मुनि काष्ठकला, धातुकला, चाँदि तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रर्दशनी तथा विक्रीका लागि राखिने बताइएको छ ।
सार्क शिखर सम्मेलनलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनी आम सर्वसाधारण तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रतिनिधिहरु र विशिष्ट विदेशी आमन्त्रित पाहुनाहरुले अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
मेलामा जिल्ला संघ, वस्तुगत संघ समेत गरि २०० भन्दा बढी स्टलहरु रहने छन जसमध्ये सार्क सांस्कृतिक केन्द्रको सिफारिसमा सार्कका आठ देशहरुमाबाट ४० वटा स्टल, पाकिस्तान र वंगलादेशका ब्यापारिहरुका २० वटा स्टल साथै ३० वटा फर्म,कम्पनीबाट ६३ र सात वटा प्याभिलियनबाट ७० वटा स्टल रहने छन् ।
महिला उद्यमीहरुको व्यवसाय विकासमा टेवा पुरयाउने उद्देश्यले अमेरिकन राजदुतावासले २० जना महिला उद्यमीहरुलाई तोकिएको स्टल भाडामा ८० प्रतिशत सहुलियतमा २० वटा स्टल प्रदान गरिएको हस्तकला महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top