AdAd
Ad

नुनको मुल्य पनि बढ्यो

काठमाडौं, २८ मंसिर । साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेडले आयोडिन युक्त खाने नुनको मुल्यमा प्रतिकिलो ३ रुपैयाँका दरले वृद्धि गरेको छ ।
लागत मुल्य बढेको र विगत ५ वर्ष देखी आयोडिनयुक्त खाने नुनको भाउ नबढेकाले नुनको भाउ बढाउन परेको साल्ट ट्रेडिङले जनाएको छ ।
तर सरकारले वर्गिकरण गरेको २२ जिल्लामा भने उक्त नुनको भाउमा वृद्धि नहुने भएको छ । दुर्गम जिल्लाका लागि सरकारले ५० हजार क्विन्टल नुनको ढुवानीका लागि १३ करोड रुपैयाँ बजेट छुट्याएको छ । साल्ट टे«डिङका अनुसार नेपालमा बार्षिक १ लाख२५ हजार टन नुन खपत हँुदै आएको छ ।
आकस्मिक रुपमा आयोडिनयुक्त खाने नुनको भाउमा वृद्धि हुँदा उपभोक्ता भने मारमा पर्ने भएका छन् । बजारमा १८ रुपैयाँमा उपलब्ध हुने १ किलो आयोडिन युक्त नुनको अब २० रुपैयाँ तिर्नु पर्ने भएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top