AdAd
Ad

नेपालको लोडसेडिङलाई मध्येनजर गर्दै जियोनीले ल्यायो एम थ्री मोबाईल

काठमाडौं, १७ मंसिर । जियोनीले एम सेरिजको एम थ्री मोबाइल नेपाली बजारमा भित्राएको छ । नेपालमा व्याप्त लोडसेडिङलाई मध्यनजर गर्दै भित्राइएको मोबाईलको ब्याट्री ५ हजार एमएएच रहेको कम्पनीले जनाएको छ । उक्त मोबाईलले ३३.७ घण्टासम्मको टक टाइम र ३२.८ दिनको स्ट्यान्डबाइ टाइम दिनेछ ।
यो मोबाइलमा १.३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर, ५ इन्चको एचडी डिस्प्ले, डिटीएस साउन्ड, पछाडि ८ मेगापिक्सेल र अगाडि २ मेगापिक्सेलको क्यामेरालगायतका विशेषता कम्पनीको दावि छ ।
डिसेम्बर महिना भित्र जियोनीका सबै डिलरमा यो मोबाइल उपलब्ध हुने कम्पनीले जनाएको छ ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top