AdAd
Ad

नेपाल जिम्मेवार व्यवसाय सम्मेलन २०१४ शुरु

काठमाडौं, १ पौष । प्रधानमन्त्री सुशिल कोइरालाले माघ ८ गते नै संविधान जारी हुने बताएका छन् । संविधान निमार्ण प्रक्रियाका लागि सम्पुर्ण राजनीतिक दलहरु बिच सहमति जुटाउन उनी प्रयासरत रहेको बताए । उक्त कुरा राजधानीमा आयोजित दुई दिने नेपाल जिम्मेवार सम्मेलन २०१४को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री कोइरालाले बताएका हुन् । सहमतिको रट लगाएर मात्र राजनीतिक दलहरु अहिले बसिरहेका छन्, तर सहमतिका लागि तयार हुनुपर्ने धारणा प्रधानमन्त्रीको रहेको छ ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले अब संविधान जारि गर्न ५ हप्तामात्र बाँकी रहेकाले मुलुकमा शान्तीलाई स्थायित्व बनाउँदै राजनीतिक स्थीरता दिने जिम्मेवारी सरकारको रहेको उनले बताए । यस्तै उर्जा व्यापार सम्झौता र आयोजना विकास सम्झौताका कारण नेपाल लगनी योग्य वातावरण बन्दै गएकोले वैदेशिक लगानी आकर्षित गर्न सम्पुर्ण क्षेत्रको दायित्व रहेको उनको भनाइ रहेको छ ।
यता आर्थिक विकासको सम्वाहक मानिएको निजी क्षेत्रलाई लगानीको सुरक्षा दिन सरकार तयार रहेको उनले बताए । सरकारले नीति नियम तथा कानुन तर्जुमा गरिदिने हो तर लगानी गर्न भने निजी क्षेत्र तयार हुन आवश्यक रहेको उनले भने । लगानीकर्ताहरु जागरुक भए मात्र सरकारले सहज वातावरणको सिर्जन गर्न सक्ने उनको धारणा रहेको छ ।
यस्तै प्रधानमन्त्रीले मुलुकमा सुशासन कायम गर्न भ्रष्टचार निर्मुलमा सहयोग गर्न निजी क्षेत्रलाइै आग्रह गर्नु भएको छ । साथै उनले लोकतन्त्रलाई संस्थागत गराई मुलुकको क्षमता अभिवृद्धि गरि आर्थिक विकास गर्न सबै अग्रसर हुनु पर्नेमा जोड दिए ।
सम्मेलनका आयोजक राष्ट्रिय व्यवसायिक पहल (एनविआई)का अध्यक्ष पद्म ज्योतीले मुलुकमा व्यवसायीक आचार संहिता पालनमा जोड दिन लगानी वृद्धि भई आर्थिकरुपान्तरमा सहयोग मिल्ने बताएका छन् । विशेषगरि नेपालले ६ वटा व्यवसायिक आचार संहिताको पालनामा जोड दिन आवश्यक रहेको उनले भने । यस सम्मेलनबाट सहभागि उद्योग, उद्योगी एवं व्यवसायीहरुले व्यवसायीक आचार संहिताको पालना गर्ने अपेक्षा उनको रहेको छ ।
यस्तै सम्मेलनको उद्घाटनका क्रममा नेपालका लागि जर्मनीका राजदुत म्याथियाज मियरले व्यवसायीक आचार संहिताको पालनाले वस्तु तथा सेवाको प्रतिस्पर्धात्मक क्षमतामा विकास हुने बताए । साथै उनले यस्ता खालका कार्यक्रमहरुमा सहयोग निरन्तर गर्ने जनाए ।
सम्मेलन दुई दिनसम्म राजधानीको होटल याक एण्ड यतीमा संचालनमा रहने छ । सम्मेलनमा विभिन्न साना तथा मझौला र ठुला उद्योग, उद्योगी र व्यवसायीहरुको सहभागिता रहने छ । सम्मेलनको क्रममा विभिन्न सत्रहरुमा नेपालमा उद्योग तथा व्यवसाय ंसंचालनका समस्या तथा यसको समाधानका विषयमा छलफल गरिने आयोजकले बताएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top