AdAd
Ad

नेपाल निर्माण व्यावसायीको अधिबेशन २६ गते बाट सुरु, रवि सिहंले सडकबाटै गरे अध्यक्षको घोषणा

काठमाडौं, २५ मंसिर । नेपाल निर्माण व्यावसायी महासंघको १७ औँ अधिवेशन मंसिर २६ गतेबाट सुरु हुने भएको छ । नेपालभरी रहेका १८ हजार भन्दा बढी निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रिय चुनावको सरगर्मीले अहिले निर्माण व्यवसाय क्षेत्र तातेको छ ।
यसै विच बुधबार नेपाल निर्माण व्यावसायी महासंघका बरिष्ठ उपाध्यक्ष रवि सिंहले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्धवारी घोषण गरेका छन् । उम्मेद्धवारी घोषणा कार्यक्रम महासंघको प्रांगणमा गर्ने पुर्वनिधारीत कार्यक्रममा विरोध आएपछि उनले आफ्नो उम्मेद्धवारी घोषणा महासंघ बाहिरको खुल्ला सडकमा नै गरेका थिए ।
रवि सिहंले आफ्नो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा विष्णुभाई श्रेष्ठ र मध्यमाञ्चल उपाध्यक्षमा धुर्व श्रेष्ठले उम्मेद्धवारी दिने भएका छन् । अन्य पदाधिकारीहरुको छनौट देशैभरीबाट आएका प्रतिनिधिहरुको छलफलका आधारमा गरिने अध्यक्षका प्रत्यासी सिहंले जानकारी दिएका छन् ।
रवि सिहं प्यानलले निमार्ण व्यवसायमा देखिएका समस्याहरु ऐन नियमहरुका विषयमा सरकारसंगै बसेर वार्ता गर्ने आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ । व्यवसायमा मुख्य त ऐन बाँजिएको कारण यसलाई व्यवसायी र सरकार एउटै टेवलमा बसेर समस्या समाधान गर्ने तर्फ आफ्नो कमिटी लाग्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको अधिबेशनमा रवि सिहं संगै शरद कुमार गौचन र होमनाथ कोइरालाले पनि अध्यक्षको उम्मेद्धवारी दिने चर्चा व्यावसायी माझ रहेकोे छ ।
राजनितिक हस्क्षेपबाट मुक्त हुन् नसकेको नेपाल निर्माण व्यवसायी महासंघ आगामी चुनावमा पनि राजनितिक दलको समार्थनमा प्यानल बनाएर नै चुनाव लड्ने पक्कापक्की जस्तै देखिएको व्यवसायीहरुको भनाई छ ।
करिव ७ सय जना प्रतिनिधि रहने निर्माण व्यवसायीहरुको अधिवेशनमा नयाँ नेतृत्वका लागि मंसिर २७ गते मतदान हुने निर्माण व्यवसायी महासंघले जनाएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top