AdAd
Ad

नेपाल बंगलादेश बैंकको कर्पाेरेट रंग परिवर्तन हुने

काठमाडौं, ६ पौष । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो कर्पाेरेट रंग परिवर्तन गर्ने भएको छ । हाल बैंकको कर्पाेरेट रंग निलो रहेकोमा अब हरियो र रातोसंगमा परिवर्तन गर्न लागिएको बैंकले जनाएको छ । यस्तै बैंकको ५१ प्रतिशत स्वामित्व बंगलादेशी बैंक आईएफआईसी बैंकले लिएपछि नाम समेत परिर्वतन गर्ने छ । नाम परिवर्तन पछि बैंकको नाम निफीक रहने बताइएको छ । हाल बैंकको ४१ प्रतिशत स्वामित्व आईएफआईसी बैंकको रहेको छ । बाँकी १० प्रतिशत स्वमित्वका लागि केन्द्रिय बैंकले स्वीकृति दिने अवस्थामा रहेको छ ।
यस बैैंकको गत साता सम्पन्न २०औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बैंकले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश आइतबारबाट वितरण गर्ने बैंकले जनाएको छ । बैंकको हाल निक्षेप संकलन २८ अर्ब रुपैयाँ र कर्जा प्रवाह २३ अर्ब रुपैयाँ रहेको छ । यस्तै बैंकले यस आर्थिक वर्षमा ८० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्ने लक्ष्य राखेको छ ।
बैंकले आफ्नो पुँजीलाई थप वृद्धि गर्न विदेशी साझेदार वा अन्य वित्तीय संस्थाहरुसंग मर्जरमा जाने बताएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top