AdAd
Ad

नेपाल बैंकको वित्तीय अवस्थामा सुधार, केन्द्रिय बैंकले व्यवस्थापन नियन्त्रण यहि मंसिरबाट छाड्ने

काठमाण्डौं, कार्तिक ३० । केन्द्रिय बैंकले, नेपाल बैंक लिमिटेडको व्यवस्थापन नियन्त्रण यहि मंसिरबाट छाड्ने निर्णय गरेको छ । बैंकको वित्तीय अवस्था एव संस्थागत सुशासनमा सुधार आएकाले व्यवस्थापन बैंककै शेयरधनीमा हस्तान्तरण गर्ने बैंकका कार्यकारी संयोजक महेश्वरलाल श्रेष्ठले भनेर्, बैंकको ऋणात्मक अवस्थामा रहेको नेटवर्थ र पुँजीकोष अहिले सकारात्मक भएको छ ।’ केन्द्रिंय बैंकले यस बैंकको व्यवस्थापन २०६७ साल देखि नियन्त्रणमा लिएको थियो । संस्थागत सुशासनमा आएको कमीका कारण बैंकको वित्तीय अवस्था कमजोर बन्दै गएको हो ।
वित्तीय अवस्था कमजोर भएको समयमा बैंकको नेटवर्थ र पुँजीकोष अनुपात ऋणात्मक अवस्थामा रहेको थियो । तर हाल बैंकको नेटवर्थ ४ अर्ब ४० करोड रुपैयाँ र पुँजीकोष ५.२८ प्रतिशत रहेको छ र्। यसरी बैंकको नेटवर्थ र पुँजीकोषमा आएको सुधारले बैंक वित्तीय रुपमा सवल बैंक बन्दै गएको छ,’ कार्यकारी संयोजक श्रेष्ठले बताए । यस्तै विगत केहि आर्थिक वर्षदेखी बैंकले कर्जा असुलीलाई प्रभावकारी बनाएकाले बैंकको मुनाफा आर्जनमा समेत वृद्धि हुँदै गएको उनले जनाकारी दिएका छन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा बैंकले २७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकले ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ४२ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा क्रमशः १२ प्रतिशत र १३ प्रतिशतले बढि हो र्। हामीले कृषि, उर्जा, पर्यटन, पूर्वाधार एवं रिटेल कर्जा प्रवाह गर्दै बैंकको कर्जा लगानीलाई विविधिकरण गर्दै लगेका छांैं,’ उनले भर्ने कर्जा लगानीलाई विविधिकरणसंगै कर्जा जोखिम व्यवस्थापनमा पनि हामी सचेत छौं ।’
संस्थागत सुशासनमा कमी आएर खराब कर्जाको मात्रा अधिक भएको यस बैंकको चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कुल निष्क्रीय कर्जाको अनुपात ४.७८ प्रतिशत रहेको छ । यस्तै बैंकको हाल चुक्ता पूँजीको आकार ६ अर्ब ४७ लाख रुपैयाँको रहेको छ ।
यस नेपाल बैंक लिमिटेड आजबाट संचालनको ७८औं वर्षमा प्रवेश गरेको छ र्। आगामी दिनमा हामी ग्राहकहरुलाई सरल, सुलभ र आधुनिक बैंकिङको सेवा दिनेछौं,’ उनले भने । बैंक वि.सं. १९९४मा स्थापना भएको मुलुकको पहिलो वाणिज्य बैंक हो । नेपाल बैंकको हाल मुलुकभर ११५ शाखाहरु संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top