AdAd
Ad

नेपाल बैंकर्स एशोसिएसनको अध्यक्षमा उपेन्द्र पौडेल पक्का

काठमाडौं, १७ मंसिर । नेपाल बैंकर्स एशोसिएसन एनबिएको शुक्रबार बस्ने १८औं वार्षिक साधारण सभाले अध्यक्ष चयन गर्र्ने भएको छ । अध्यक्ष चयनसंगै एनबिएको नयाँ कार्यसमिति गठन गरिने छ ।
एनबिएको अध्यक्ष पदका लागि उपेन्द्र पौडेलले नाम दर्ता गराएका छन् । पौडेलबाहेक अन्यले नाम दर्ता नगराएका कारण उनी एनबिएको आगामी अध्यक्ष बन्ने पक्का भएको जानकारी अर्थको अर्थन्युज डटकमलाई गराइएको छ । पौडेलहाल एनबिएका उपाध्यक्ष हुन् ।
यस्तै पौडेलको अध्यक्षतामा गठन हुने नयाँ कार्यसमितिका उपाध्यक्ष अनिल शाह हुने बताइएको छ ।
नेपाल बैंकर्स एशोसिएसन वाणिज्य बैंकहरु बिचको सम्वन्ध विस्तार तथा बैंकले प्रदान गर्ने वित्तीय सेवाको पहुँच र प्रभावकारीता वृद्धिका लागि स्थापना गरिएको संस्था हो । संस्थामा हाल संचालनमा रहेका ३० वाणिज्य बैंक सहित एक विकास बैंकले सदस्यता लिएको छ । सदस्यता लिएको विकास बैंकमा एनआईडिसी हो ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top