AdAd
Ad

नेपाल बैंकर्स संघको नेतृत्व जसले गरेपनि हामीहरु बिच राजनीतिक तछाडमछाड छैनः किशोर महर्जन Featured

काठमाडौं, १९ मंसिर । नेपाल बैंकर्स संघको आज बस्ने १८औं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गर्ने भएको छ । संघको नयाँ कार्यसमितिको अध्यक्षमा उपेन्द्र पौडेल निर्विरोध चयन हुने भएका छन् । पौडेल हाल संघका उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
‘आजदेखी उपेन्द्र पौडेलको नेतृत्व एनबिए चल्ने छ । संघको नेतृत्वमा जो आएपनि हामी स्वागत गर्छै । हामीमा त्यस्तो राजनीति हाबी छैन,’ सिभिल बैंकका प्रमुख कार्यकारी किशोर महर्जनले भने, ‘बैकिङ क्षेत्रको प्रवद्र्धनका लागि स्थापित यस संघले नियमनकारी निकायहरुसंगको सहर्कायमा काम गर्नु हो ।’ महर्जन हाल यस संघका कार्यकारी सदस्य हुन् । यस संघको अध्यक्षता हाल राजनसिंह भण्डारीले गर्दै आएका छन् ।
‘राजनजीको कार्यकाललाई सफल मान्नु पर्छ, उहाँ राष्ट्र बैंकका पुर्व कर्मचारी भएको नाताले पनि संघ र केन्द्रिय बैंकको सम्बन्ध राम्रो थियो,’ उनले बताए । ‘उपेन्द्रजीमा पनि त्यो व्यवस्थापकिय विशेषता छ ।’ नेपाल बैंकर्स संघ एक व्यवसायीक संस्था भएकाले आगामी दिनमा केन्द्रिय बैंकसंगको सम्वन्ध थप सुमधुर हुनेमा विश्वास मर्हजनले गरेका छन् ।
नेपाल बैकर्स संघले केन्द्रिय बैंकको सहकार्यमा बैंकिङ क्षेत्रका लागि नीति नियम निमार्णमा सहयोगी भुमिका निर्वाह गर्दै आएको छ । हाल यस संघमा ३० वाणिज्य बैंकहरु र १ विकास बैंकले सदस्यता लिएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top