AdAd
Ad

नेप्सेमा दोहोरो अंकको वृद्धि, जलविद्युत र होटल समुहले उचाल्यो शेयर बजार

काठमाडौं, २५ मंसिर । साताको अन्तिम दिन विहिबार नेप्से परिसुचक १५ अंकले वृद्धि भई ८७०.६३ अंकमा कायम भएको छ । शेयर बजारमा दोहोरो अंकको वृद्धिले लगानीकर्ताहरु थप उत्साहित भएको बताइएको छ ।
विहिबार १८ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ । कारोबारको समयमा १३१ कम्पनीहरुको चार लाख ५९ हजार २३ वटा शेयरहरु किनबेच भएका छन् ।
शेयरबजारलाई माथि उचाल्न जलविद्युत र होटल समुहको योगदान अधिक रहेको छ । विहिबार जलविद्युत समुह ४६.५२ अंक र होटल समुह ३४.१५ अंकले बढेको छ ।
यता वाणिज्य बैंक १९.०६, उत्पादन ८.१५, अन्य ५.८७, विकास बैंक ४.२४ अंकले बढेको छ । यसरी नेप्सेसंगै समुहगत परिसुचकहरुको वृद्धिले बजारतर्फ लगानीकर्ताहरुको मनोबल वृद्धि भएको मान्न सकिन्छ ।
यता साताको पहिलो दिनको तुलनामा अन्तिम दिन परिसुचक १९.७५ अंकले बढेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top