AdAd
Ad

पर्यटन बोर्डको बजेट ९५ करोड १० लाख प्रस्ताव, सात लाख ६७ हजार पर्यटक भित्र्याउने लक्ष्य Featured

काठमाडौं, कार्तिक २४ । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षमा हवाई मार्गबाट सात लाख ६७ हजार नौ सय ३७ पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्यसहीत यस वर्षका लागि आफ्नो वार्षिक बजेट तथा कार्यक्रमहरु प्रस्तुत गरेको छ । प्रस्तावित बजेट तथा कार्यक्रमहरुमाथि निजी क्षेत्रको राय लिनका लागि आइतबार आयोजना गरिएको कार्यक्रममा बार्डले ७६ करोड ७९ लाख रुपैयाँ पर्यटक सेवा शुल्क र १८ करोड ३१ लख रुपैयाँ पदयात्रा सूचना व्यवस्थापनबाट आर्जन गर्ने बताएको छ । बोर्डको यो आम्दानी गत आर्थिक वर्ष २०७०÷७१ को तुलनामा ५७ प्रतिशतले बढी हो ।
बोर्डले विगतका कार्यक्रमहरुको निरन्तरताको अतिरिक्त यस वर्ष काठमाडौंमा हिमालयन ट्राभल मार्ट आयोजना गर्ने तथा नेपालको पर्यटन प्रवद्र्धनका लागि विश्वव्यापी पहुँच भएका सञ्चारमाध्यममार्फत् विज्ञापन प्रकाशन÷प्रशारण तथा त्यस्ता सञ्चारमाध्यमका पत्रकारहरुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिने जनाएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top