AdAd
Ad

पर्वतमा कृषि महोत्सव पौष ९ देखी

काठमाडौं, १ पौष । पर्वतमा चौथो पर्वत लघु,घरेलु,कृषि,वनजन्य औद्योगिक प्रदर्शनी एवं कफी, लप्सी तथा सुन्तला महोत्सव पौष ९ गते देखि १५ गते सम्म संचालन हुने भएको छ ।
महोत्सवको तयारीका बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक तथा घरेलु तथा साना उद्योग महासंघ पर्वत शाखाका अध्यक्ष शिव शर्मा पौडेलले विगतको महोत्सव भन्दा फरक बनाउन जिल्लाका सम्पुर्ण सरोकारवालहरु छलफल भै सकेको र सबै पक्ष सकारात्मक देखिएको बताएका छन् । ।
कफि,सुन्तला,लप्सी र अल्लो उत्पादनकोे जिल्लाका रुपमा परिचित पर्वतमा स्थानिय उत्पादनको अलवा स्थानिय लोक संस्कृती जर्गेणन गर्ने तथा पर्यटकिय क्षेत्रको भ्रमण अवलोकनको प्याकेज समेत राखिएको महोत्सव आयोजक जिल्ला विकास समिति पर्वतका कार्यक्रम अधिकृत तुलसीराम शर्माले जानकारी दिए ।
यस्तै महोत्सवमा अवलोकनकर्ताहरुलाई कफि, लप्सी, सुन्तला लगायतका कृषिजन्य उत्पादनको प्रशोधन तथा परिकार बनाउने तालिम समेत प्रदान गरिने भएको छ । यसैगरी अवलोकन कर्ताहरुलाई महोत्सवको टिकट खरिदमा टिकटका साथमा पर्वतमा उत्पादन हुने स्थानिय समाग्री समेत वितरण गरिने नयाँ खालको योजना बनाईएको महोत्सवका प्रचारप्रसार संयोजक ठाकुर बिक्रम पौडेलले जानकारी दिए ।
लप्सी उत्पादनको क्षेत्रमा देशकै दोस्रो ठुलो जिल्ला र वार्षिक २० टन कफि र ५० टन सुन्तला उत्पादन निकासी गर्दै आएको पर्वतमा पछिल्लो समयमा निमार्ण गरिएको नेपालकै अग्लो पुलले पर्यटकहरुलाई आर्कषण गर्ने सक्ने बताइएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ पर्वत र जिल्ला विकास समति पर्वत मुख्य आयोजकका रुपमा रहेको महोत्सवमा नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय कार्यालय, पर्वत जिल्लाका कृषि विकास कार्यालय, वन कार्यलय उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग विकास समिति लगायतका सरकारी तथा गैरसरकारी संघ संस्थाहरु आयोजकका रुपमा रहेका छन् ।
करिब २ सय ५० जना उद्यमीहरुको १ सय ५० वटा स्टल रहने महोत्सवमा करिब १ करोड ५० लाख रुपैयाँको कारोबार हुने र २ लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजकहरुले राखेका छन् ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top