AdAd
Ad

पहिलो चौमासिकमा राजस्व संकलन लक्ष्यभन्दा बढी Featured

काठमाडौं, २५ मंसीर । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सरकारी राजस्वले लक्ष्य नाघेको छ । यो अवधिमा एक खर्ब छ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा सो भन्दा बढी एक खर्ब १४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । समीक्षा अवधिमा राजस्व वृद्धि गत आर्थिक वर्षको तुलनामा २१.८१ प्रतिशतले बढी हो ।

कुल राजस्वमध्ये एक खर्ब तीन अर्ब कर राजस्वबाट ११ अर्ब ८६ करोड गैरकर राजस्वबाट संकलन भएको हो । राजस्वमा कर र गैर करको योगदान ८९.६७ प्रतिशत र १०.३३ प्रतिशत रहेको छ ।

 

समीक्षा अवधिमा संकलति राजस्वमध्ये मूल्य अभिवृद्धि कर (भ्याट) को योगदान सबैभन्दा धेरै अर्थात् ३२ प्रतिशत, भन्सार महशुल (२१ प्रतिशत), आयकर (१४ प्रतिशत) तथा अन्तःशुल्क (१५ प्रतिशत) र गैर कर राजस्वको योगदान ११ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा मूल्य अभिवृद्धि कर ३७ अर्ब नौ करोड ८१ लाख रुपैयाँ संकलन भएको छ, जुन गत आर्थिक वर्षको तुलनामा १८.१५ प्रतिशतले बढी हो । त्यस्तै भन्सार महशुलतर्फ २४ अर्ब ३५ करोड दुई लाख रुपैयाँ संकलन भई गत आवको तुलनामा २१.५९ प्रतिशतको वृद्धिदर कायम भएको छ । त्यस्तै, आयकर गत आर्थिक वर्षमा १२ अर्ब ७० करोड १३ लाख रुपैयाँ संकलन भएकोमा यस आर्थिक वर्षको कार्तिक महिनासम्म १६ अर्ब २७ करोड १६ लाख संकलन भई २८.११ प्रतिशतले वृद्धि भएको छ ।

अन्तःशुल्कतर्फ गत वर्षको तुलनामा २०.२३ प्रतिशतले राजस्व संकलन वृद्धि भई १६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । रजिष्ट्रेशन दस्तुर, सवारी साधन कर र अन्य कर गत वर्षको सोही अवधिको तुलनामा ६९.११ प्रतिशतले वृद्धि भई आठ अर्ब ४० करोड ४६ लाख रुपैयाँ संकलन भएको छ ।

समीक्षा अवधिमा गैरकर राजस्व संकलन ६.११ प्रतिशतले वृद्धि भई ११ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ संकलन भएको छ ।
सरकारल यस वर्ष चार खर्ब २२ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top