AdAd
Ad

पहिलो त्रैमासमा टेलिकमको नाफा तीन अर्ब

काठमाडांै, ३० कार्तिक । नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले चालु आर्थिक वर्ष २०७१÷७२ को पहिलो त्रैमासमै तीन अर्ब रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो नाफा ७७ करोड ३२ लाख रुपैयाँले बढी रहेको टेलिकमले जनाएको छ ।
गत आव २०७०÷७१को पहिलो त्रैमासमा कम्पनीले दुई अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको थियो भने वार्षिक नाफा ११ अर्ब ६८ करोड ११ लाख रुपैयाँ रह्यो । कम्पनीले साधरण टेलिफोन, जीएसएम, मोबाइल, सीडीएमए, एडीएसएल, वाई–म्याक्स, ईभीडीओ लगायतका दर्जनौं सेवा सञ्चालन गरिरहेको छ ।
कम्पनीले यो अवधिमा आयकरबापत् सरकारलाई एक अर्ब रुपैयाँ तिरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 8 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top