AdAd
Ad

पुनःवीमा कम्पनी पौष देखी संचालनमा आउने, कारोबार भने अर्काे आर्थिक वर्षबाट Featured

काठमाडौं, २२ मंसिर । नेपाल पुनःवीमा कम्पनी पौष देखी संचालनमा आउने जानकारी दिइएको छ । कम्पनीको दर्ता प्रक्रिया सकिएको छ । पुनःवीमा कम्पनीको दर्ता कम्पनी रजिष्टार कार्यलयमा गत कार्तिक २१ गते गरिएको हो । कम्पनीको दर्ता प्रक्रिया पछि संचालनका लागि वीमा समितिमा पठाइएको छ । वीमा समितिले संचालनको स्वीकृती पछि पौषदेखी संचालनमा आउने पुनःवीमा कम्पनीका संचालक चन्द्रसिंह साउदले बताए । ‘कम्पनी रजिष्टारमा कम्पनी दर्ताको प्रक्रिया पछि संचालन अनुमतिका लागि वीमा समिति पठाइएको छ,’ उनले भने, ‘स्वीकृती पछि पौषदेखी संचालनमा आउने छ ।’
यता पुनःवीमा कम्पनी पौषदेखी संचालनमा आउने भएपनि कम्पनीले आगामी आर्थिक वर्षबाट मात्रै कारेबार शुरु गर्ने बताइएको छ । कारोबारका लागि यो वर्ष अन्य पुनःवीमा कम्पनीसंग सम्झौता भइसकेकाले अब संचालनमा आउने पुनःवीमा कम्पनीले आगामी वर्षदेखी मात्र कारोबार गर्ने जानकारी दिइएको छ ।
नेपालमा पुनःवीमा कम्पनीको उपस्थिती नभएकाले मुलुकबाट वीमाका लागि पुँजी विदेशीने अवस्था थियो । कुनै पनि वीमा कम्पनीले धारण गरेको जोखिम पुनः अर्काे वीमा कम्पनीमा धारण गराइन्छ, सोहि प्रक्रियालाई पुनःवीमा भनिन्छ । जस्तो नेपालको क भन्ने वीमा कम्पनीले १० करोड रुपैयाँको वीमाको जोखिम लिएको छ भने उसले प भन्ने अर्काे वीमा कम्पनीमा केहि हिस्सा(१० करोडको) पुनः वीमा गरेको हुन्छ ।
नेपालमा पुनःवीमा कम्पनीको संचालनले ठुलो रकम विदेशीन रोकिने संचालक साउदले बताए । यस कम्पनीको हाल अधिकृत पुँजी ५ अर्ब, जारी पुँजी ३ अर्ब र चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनी नयाँ हो र अभ्यास पनि त्यसैले हामीलाई शुरुमा केहि असहज हुन्छ, तर हामी विस्तारै कामलाई अघि बढाउने छौं साउद बताउँछन् ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top