AdAd
Ad

पूर्णिमा विकास बैंकले २३.७५ प्रतिशत बोनस शेयर पारित

काठमाडौं, २ पौष । पूर्णिमा विकास बैंक लिमिटेडले शेयरधनीहरुलाई २३.७५ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको रुपन्देहिमा सम्पन्न ७ औं वार्षिक साधरणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो । साथै बैंकले अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।
पूर्णिमा विकास बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा १ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी करिब १ अर्ब रुपैयाँ कर्जा तथा सापट प्रदान गरेको छ । बैंकले बचत खातामा ४ देखि ५ प्रतिशतसम्म व्याजदर प्रदान गर्दै आएको छ भने मुद्धती निक्षेपमा ७ देखि १० प्रतिशतसम्म व्याजदर प्रदान गर्दै आएको छ । बैंकले कर्जा तथा सापटमा भने १२ देखि १७ प्रतिशतमा वार्षिक रुपमा व्याज लिदै आएको छ ।
बैंकले हाल एटिएम, रेमिट्यान्स, डेबिट कार्ड, मोबाइल बैंकिङ, आइ बैंकिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको ७ शाखा कार्यालयहरु र २ एक्स्टेन्सन कार्यालय संचालनमा रहेका छन् । । यस बैंकले सम्भाव्यताकोे अध्ययन गरी उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जरमा जान सक्ने बताएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top