AdAd
Ad

पेट्रोल, डिजेल र मटीतेल सस्तीयो

काठमाडौं, १७ मंसीर । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले समायोजन गरेको मुल्य अनुसार पेट्रोलमा २ रुपैयाँ ५० पैसा, डिजेल र मटीतेलमा २ रुपैयाँ सस्तो भएको छ । मंगलबार मध्येरात देखी लागु हुने अब पेट्रोल प्रति लिटर १२३ रुपैयाँ र डिजेल तथा मटीतेल प्रतिलिटर ९७ रुपैयाँ ५० पैसामा बिक्री वितरण हुनेछ ।
गत महिना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ओरालो लागेकाले मूल्य घटाएपनि निगमलाई गत कात्तिक महिनाको तुलनामा मासिक नाफा वृद्धि हुने निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । “अहिलेको मूल्य सूची अनुसार निगमको मासिक नाफा १८ करोड १७ लाख हुनेछ भने अघिल्लो महिना यस्तो नाफा १७ करोड १५ लाख रुपैयाँ रहेको थियो,” घिमिरेले भने ।
अहिले निगमले खाना पकाउने ग्यासबाहेक सबै पेट्रोलियम नाफामा बेचिरहेको छ । तर यता अन्य पेट्रोलियम पदार्थमा भएको नाफाले ग्यासको घाटालाई केहि समायोजन गरेको बताइएको छ ।
निगमले गत असोज महिनादेखि लागू गरेको स्वचालित मूल्य पद्धति अनुसार हरेक अंग्रेजी महिनाको १ र १६ तारिखमा भारतीय आयल निगमबाट मूल्य सूची प्राप्त हुने बित्तिकै मूल्य समायोजन गर्ने उद्घोष गरिएको थियो । त्यसका लागि मन्त्रिपरिषद्ले स्वचालित मूल्य पद्धतिमा जान निगमलाई अनुमति पनि दिएको थियो ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top