AdAd
Ad

पेट्रोल ७ रुपैयाँ, डिजेल र मटीतेल ५ रुपैयाँ ५० पैसाले सस्तीयो

काठमाडौं, ४ पौष । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः घटाएको छ । निगमले सार्वजनिक गरेको नयाँ मुल्य अनुसार पेट्रोलमा ७ रुपैयाँ, डिजेल र मटीतेलमा ५ रुपैयाँ ५० पैसा सस्तो भएको छ । अब पेट्रोल प्रति लिटर ११६ रुपैयाँ र डिजेल तथा मटीतेल प्रतिलिटर ९२ रुपैयाँमा बिक्री वितरण हुनेछ । सरकारले पेट्रोलियम पद्धार्थको स्वचालित मुल्य प्रणाली लागु पछि यो पटक आयल निगमले मुल्य हालसम्मकै बढि घटाएको हो ।
पेट्रोलियम पद्धार्थको मुल्य घटेसंगै यातायात र ढुवानीको भाडादर पनि घट्न पर्ने माग सर्वसाधारणहरुको रहेको छ । यता पेट्रोलियम पद्धार्थको मुल्य समायोजनले महंगी पनि घट्ने अनुमान उनीहरुले गरेका छन् ।
यस्तै निगमले हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ घटाएर १३३ रुपैयाँ पुर्याएको छ । अहिले निगमले खाना पकाउने ग्यासबाहेक सबै पेट्रोलियम नाफामा बेचिरहेको छ । तर यता अन्य पेट्रोलियम पदार्थमा भएको नाफाले ग्यासको घाटालाई केहि समायोजन गरिएको बताइएको छ ।
निगमले गत असोज महिनादेखि लागू गरेको स्वचालित मूल्य पद्धति अनुसार हरेक अंग्रेजी महिनाको १ र १६ तारिखमा भारतीय आयल निगमबाट मूल्य सूची प्राप्त हुने बित्तिकै मूल्य समायोजन गर्ने उद्घोष गरिएको थियो । त्यसका लागि मन्त्रिपरिषद्ले स्वचालित मूल्य पद्धतिमा जान निगमलाई अनुमति पनि दिएको थियो ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top