AdAd
Ad

पोखराको विमानस्थलमा बढ्दै छ जोखिम Featured

पोखरा, २४ मसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको व्यवस्थित  पोखरा विमानस्थलमा हवाई चाप र चराचुरुंगीहरुको कारण विमान दुर्घट्नाको जोखिम बढ्दै गएको छ । नेपालको आन्तरिक उडान आवतजावत गर्न पोखरा विमानस्थलमा हवाई चापको कारण विमान दुर्घट्नाको जोखिम पनि उत्तिकै देखिएको छ त्यसमा पनि नजिकै रहेको तालहरुमा बस्ने चराचुरुंगीको कारण जोखिम बढ्दै गएको हो । पोखरा विमानस्थल ४ हजार ७ सय ३७ मिटर लम्बाई र १ सय मिटर चौडाईमा फलिएको छ । पछिल्लो समय पोखराको विभिन्न ठाँउहरुको अवलोकन गराउन प्रयोग गरिने अल्ट्रालाईट हवाईको कारण पनि विमानस्थलमा चाप बढेको छ । पर्यटक सिजनमा दैनिक १ सय भन्दा बढी अवतरण तथा उडान भर्ने पोखरा विमानस्थलले पोखर–काठमाण्डौ र पोखरा–जोमसोमका लागि उडान गर्दै आएको छ । पर्यटक सिजनमा ५० प्रतिशत भन्दा बढी अवतरण र उडान अल्ट्रालाईटले ओगट्ने गरेको पोखरा विमानस्थलका निर्देशक दिपक बरालले जानकारी दिए । ७ तालको बगैंचका रुपमा परिचित पर्यटकिय नगरी पोखरामा विमानस्थल नजिकै रहेको फेवातालमा आउने चराचुरुंगीका कारण पनि विमानस्थल व्यवस्थापन तथा सुरक्षामा खटिएका कर्मचारीहरु हैरान भएका छन् । विमानस्थल नजिकैको क्षेत्रमा बढ्दै गएको प्रदुषणका कारण चराचुरुंगीहरु आवतजावत गर्दै हवाई उडान तथा अवतरणमा समस्या बढ्दै गएको विमानस्थल प्रमुख बराल बताउँछन् । विमानस्थलको सुरक्षाको चुनौतीका रुपमा अहिले चराचुरुंगीहरु रहेका छन् उनीहरुलाई नियन्त्रणमा लिन विमानस्थलको धावन मार्गमा पोखरा उड्डयन प्राधिकरणले विभिन्न उपयाहरु अपनाउँदै आएको छ । ‘चराचुरुंगी नियान्त्रणका लागि मात्र हामीहरुले ४ जना कर्मचारी खटाएका छौ,’ बरालले भने । ‘त्यसका अलवा बुख्याचा निमार्ण गरी राख्ने काम पनि गरिएको छ ।’ यस्तै पोखरा उपमहानगरपालिकाको संयोजकत्वमा विमानस्थल आसपास फोहर मैला नियन्त्रण अभियान पनि संचालन गर्दै आएको विमानस्थल निर्देशक बराल बताउँछन् । यस्तै पोखरामा खोलिएको अल्ट्रालाईट विमानको कारण पोखरामा विमानस्थलको चाप दिन प्रतिदिन बढ्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्याक्त गरेका छन् । विमानहरुले पोखराको आकाश ढाक्ने गरेका छन् । पोखराको आकाश अल्ट्रालाईट विमानका कारण मात्रै पर्यटक सिजनमा ५० प्रतिशत भन्दा बढी व्यस्तता उनीहरुको कारणले नै बढेको देखाएको छ । अल्ट्रालाईट विमानको कारण पोखरामा विदेशी पर्यटकहरुको संख्यामा र राज्यको आयस्रोतमा बृद्धि हुनु स्वभाविक भएपनि विमानस्थलको बढ्दो व्यस्ततालाई ध्यानमा राख्दै सुरक्षाको उपायहरु अपनाउँदै जानपर्नेमा पर्यटन व्यावसायी तथा स्थानिय बासिन्दाहरुको जोड रहेको छ । पोखरामा निर्माण हुन लागेको क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भै संचालनमा आएपछि अहिलको विमानस्थलको चाप स्वत रुपमा घट्ने बताइएको छ । तर उक्त विमानस्थलको काम कहिले सम्पन्न हुने हो भन्नेमा शंका उत्पन्न भएकाले तत्कालका लागि पोखरा विमानस्थलको चापलाई नियन्त्रण गर्न सरकारले विशेष कार्ययोजना निमार्ण गनु पर्नेमा स्थानियहरुको जोड रहेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top