AdAd
Ad

प्रोभिजनिङका कारण सिभिल बैंकको पहिलो त्रैमासमा खुद मुनाफा ऋणात्मक

काठमाडौं, मंसिर १९ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिल बैंक लिमिटेडको मुनाफा ९६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । बैंकले उठ्न बाँकी रहेका कर्जाहरुको प्रोभिजनिङ गरिएकोले समिक्षा अवधिमा बैंकको घाटा देखिएको जानकारी दिएको छ ।
बैंकको प्रोभिजनिङ अगाडिको संचालन मुनाफा ९ करोड ७९ लाख रुपैयाँ रहेको छ । जसमा प्रोभिजनिङ गरिएको रकम १० करोड ७५ लाख रुपैयाँ घटाउँदा ९६ लाख रुपैयाँ घाटा देखिएको छ । ‘मर्ज भएका संस्थाहरुको खराब कर्जा असुलीमा समस्या आउँदा हामीले प्रोभिजनिङ गरेका हौं,’ बैंकको प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । विकास बैंक र वित्त कम्पनीसंग सिभिल बैंक मर्ज भएको हो । विकास बैंक र वित्त कम्पनीले कर्जा प्रवाह गर्दा चाहिने प्रक्रिया र वाणिज्य बैंकले गर्दा हुने प्रक्रियामा केहि भिन्नता भएकाले कर्जा असुलीमा ढिलाई भएको महर्जन बताउँछ ।
‘पहिलो त्रैमासमा देखिएको घाटा पुर्तिका लागि हामी पुराना कर्जा असुलीलाई प्रभावकारीताका साथ अघि बढाउँछौं,’ उनले बताए । ‘अब दोस्रो त्रैमासमा हामी नाफामा हुन्छौ, जसको प्रक्रिया कर्जा असुली नै हो ।’ बैंकले पुराना कर्जा असुलीका साथै नयाँ कर्जाको गुणस्तरलाई समेत ध्यान दिने बताएको छ ।
सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरुलाई ७ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव बैंकको आगामी साधारण सभामा लग्दै छ । जसका लागि बैंकले नेपाल राष्ट्र बंैकमा स्वीकृतिका लागि पठाएको जनाएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top