AdAd
Ad

बजेट अभावले काम नरोकियोसः अर्थमन्त्री डा. महत

काठमाडौं, १५ मंसिर । बहुवर्षीय आयोजनाहरुमा स्वीकृति नलिइ अर्थमन्त्री डा रामशरण महतले बहुवर्षीय ठूला आयोजनाहरुलाई बजेटको अभाव नहुने भन्दै प्रभावकारीरुपमा छिटो कार्यान्वयन गरी नतिजा निकाल्न सम्वद्ध मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् ।

विभिन्न मन्त्रालयका सचिवहरुलाई सोमबार अर्थमन्त्रालयमा बोलाएर उनले सो निर्देशन दिएका हुन् । उक्त अवसरमा अर्थमन्त्री डा महतले भने, बहुवर्षीय त्यस्ता आयोजनाहरुलाई स्वीकृति लिइरहनु पर्दैन । तर काम छिटो गर्नुहोस । काम नहुने र काम पन्छाउने प्रबृत्तिलाई निरुत्साहित गर्नुहोस । मेहनत नगरी विकास निर्माणका कामले गति लिदैन । उनले अन्य ठूला आयोजनाहरुलाई पनि बजेटको अभाव नहुने आश्वासन दिदै काम छिटो अगाडि बढाउन निर्देशन दिए । उनको भनाई थियो, बहुवर्षीय आयोजनामा के कति रकम खर्च हुने अनुमान रहेको छ , त्यसको जानकारी अर्थमन्त्रालयलाई गरे पुग्छ । कुनै बाहनाबाजी नहोस ।
विकास निर्माणका कामहरुमा राजनीतिकरण हुने गरेकोले काममा ढिलाई हुने गरेको, बजेटमा टुक्रे कार्यक्रमहरु धेरै हुने गरेको र सञ्चालनमा पनि समस्या आउने गरेको उनको भनाई थियो । उनले विकास निर्माणका काममा राजनीतिकरण गर्न नहुने धारणा राखे । राष्ट्रिय योजना आयोगले पनि धेरै आयोजनाहरु राखेर बजेटमा कनिका छर्ने प्रबृत्तिलाई रोक्न सक्रिय हुनुपर्ने र कतिपय अवस्थामा दबाबलाई किनारा लगाउनुपर्नेमा अर्थमन्त्रीको जोड थियो ।
मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानको निर्माण कार्य तत्काल थालि हाल्न उहाँले युवा तथा खेलकुद मन्त्रालयका सचिवलाई निर्देशन दिए । त्यसैगरी उनले बूढीगण्डकी जलविद्युत आयोजना, निजगढको अन्तर्राष्ट्रिय विमानस्थल लगायत ठूला आयोजनाका प्रारम्भिक तयारीका कामहरु शुरु गरिहाल्न निर्देशन समेत दिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्द पोखरेलले के कारणले खर्च हुन नसक्ने अवस्था हो, त्यसको जानकारी तुरुन्त भए सहजीकरण गर्न आयोग तयार रहेको बताए । त्यस्तै आयोगका सदस्य डा चन्द्रमणि अधिकारीले बजेटमा कनिकाकरण भएर पनि ठोस काम हुन नसकेको उल्लेख गरे । सो अवसरमा अर्थसचिव सुमनप्रसाद शर्माले गत बर्षभन्दा चालु आर्थिक बर्षको मंसिरसम्ममा रकमगत हिसावले बजेट खर्च बढेको स्पष्ट पारे ।
कार्यक्रममा अधिकांश मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top