AdAd
Ad

बढ्दो व्यापारघाटा घटाउन औद्योगिक लगानी वृद्धिः अर्थमन्त्री

काठमाण्डौं, ५ मंसीर । अर्थमन्त्री डा रामशरण महतले सरकार औद्योगिक लगानी बृद्धि, उर्जा निर्यात र बढी पर्यटक आकर्षित गरी बढ्दो व्यापारघाटा घटाउन क्रियाशील रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक तथा व्यापारिक प्रदर्शनीकोे उद्घाटनका क्रममा उनले सो कुरा बताएका हुन् ।
“आर्थिक बृद्धि गर्नुपर्ने चुनौती एकातिर छदैछ अर्कोतिर बढ्दो व्यापारघाटा घटाइहाल्नुपर्ने अर्को चुनौती पनि हाम्रा सामु रहेको छ । करिब ६ खर्बको व्यापारघाटा धान्नका लागि हामीले औद्योगिक लगानी बढाउनुपर्छ । प्रचूर संभावना भएको उर्जाको विकास गर्नैपर्छ । नेपालको भौगोलिक विविधता र प्राकृतिक पर्यावरणको संभावनाबाट लाभ लिनैपर्छ,” उनले भने
उनले परम्परागत पर्यटनका अतिरिक्त नेपालमा आधुनिक खेल प्रतियोगिताहरु, स्वास्थ्य सेवा, शिक्षाको विकाससँग गाँसिएको पर्यटकीय संभावनाको पनि उजागर गर्नुपर्नेमा उहाँले जोड दिए । स्वदेशमै आर्थिक गतिविधिहरु बिस्तार गरी रोजगारी सिर्जना, उच्च आर्थिक बृद्धि र जनताको उच्च आम्दानी बृद्धिका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले लगानी बृद्धिका लागि कानूनमा व्यापक सुधार गरिरहेको जानकारी दिए ।
लगानीको लागि अनुकूल वातावरण तयार गर्न तीन दर्जन कानूनहरुमा सामयिक सुधार भैरहेको र औद्योगिक वातावरण निर्माणका लागि श्रमिकका लागि कल्याणकारी व्यवस्थाका साथै लगानीकर्ताहरुलाई सहज हुने श्रम कानून निर्माण भैरहेको उनको भनाइ थियो ।
समृद्ध पोखराको संभावना नजिकिदै गरेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले पोखरीबासीको चाहना बमोजिम क्षेत्रीय विमानस्थल निर्माण हुन लागेको बताए ।
कार्यक्रममा सभासद यज्ञबहादुर थापाले क्षेत्रीय विमानस्थल निर्माणसँगै पोखराको विकासको ढोका खुल्ने बताए । यसैगरी अर्का सभासद रवीन्द्र अधिकारीले औद्योगिक विकाससँग सम्वन्धित यस्ता प्रदर्शनीको आयोजनाले आर्थिक गतिबिधिहरुको बिस्तारमा सहयोग पुग्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले संबिधान निर्माणसँगै आर्थिक विकासलाई पनि तिब्रता दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले क्षेत्रीय विमानस्थल निर्माणपछि पोखरा आर्थिक विकासको आकर्षणको केन्द्र हुने बिचार व्यक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top