AdAd
Ad

बढ्ने भयो दुधको मुल्य, बढेको मुल्यको ७० प्रतिशत किसानलाई नै

काठमाडौं, ८ पौष । दूधको मूल्य सरकारले फेरि बढाउने तयारीमा लागेको छ । किसानले उत्पादन गरको कच्चा दूधको उत्पादन लागत बढेपछि दुधको मुल्य बढाउने तयारीमा रहेको बताइएको छ । सरकारले दुध एक लिटरमा ८ रुपैयाँ सम्म बढाउने जानकारी दिएको छ ।

दुधको मुल्य वृद्धि पछिको नयाँ मुल्य अनुसार उपभोक्ताले प्रतिलिटर ६४ रुपैयाँ तिर्नु पर्ने हुन्छ । सरकारले गत वर्ष पुसमा दूध प्रति लिटर चार रुपैयाँ बढाएर ५६ रुपैयाँ पु¥याएको थियो ।
दुग्ध विकास संस्थानका महाप्रवन्धक गंगा तिम्सिनाका अनुसार सरकारले केही महिना अगाडी गठन गरेको दुग्ध विकास बोर्डको संयोजकत्वमा गठित अध्यायन प्रतिवेदनको आधारमा दुधको मुल्यमा बृद्धि गर्न लागिएको बताए । बृद्धि भएको मुल्यको ७० प्रतिशत किसानलाई नै जाने तरिकाले बढाउन सरोकारवाला सबै पक्ष तयार भएको महाप्रबन्धक तिम्सिनाको भनाइ छ ।

लागतअनुसार किसानलाई दुधको मूल्य उपलब्ध नहुँदा अहिले दुध उत्पादन कमी आउने अवस्था रहेको छ । जसकारण किसानलाई राहत हुने गरी मूल्य बढाउने तयारी गरिएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top