AdAd
Ad

बन्ने भयो अरुण तेस्रो, आगामी २५ वर्षमा नेपाललाई ३ खर्ब ४८ अर्ब आर्थिक लाभ; सन् २०२१ देखी व्यवसायीक उत्पादन शुरु Featured

काठमाडौं, ९ मंसिर । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता पीडीएमा हस्ताक्षर गरिको छ । उक्त सम्झौतामा नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र सतजल जलविद्युत निगमका अध्यक्ष एवं आर.पि सिंहले हस्ताक्षर गरेका हुन् । परियोजना विकास सम्झौताको हस्तक्षर नेपालका प्रधानीमन्त्री सुशिल कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको समेत उपस्थिती गरिएको हो ।
मंसिर ५ गते बसेको लगानी बोर्डको १६¬औं बैठकले स्विकृति दिएको उक्त सम्झोतालाई मंसिर ८ गते बसेको मन्त्री परिषदको बैठकले अनुमोदन गरेको हो । मन्त्री परिषदले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तलाई सम्झौतामा हस्ताक्षर गर्न पुर्ण अख्यिारी दिएको थियो ।
पीडीए सम्झौता भएको दुई वर्षभित्र लगानी जुटाउने, बिजुलीको बजार व्यवस्थालगायत निर्माणपूर्वका काम पूरा गरी सन् २०२१ अन्त्यसम्म आयोजना बनाइसक्ने योजना सतलजको जलविद्युत् निगमले पेश गरेको छ । आयोजनाको २५ वर्षको संचालन अवधिमा नेपाल सरकारलाई निःशुल्क विद्युत, रोयल्टी, भन्सार शुल्क, भ्याट तथा आयकरबाट ३ खर्ब ४८ अर्ब रुपैयाँ आर्थिक लाभ प्राप्त हुने अनुमान रहेको छ ।
आयोजना सम्पन्न गर्न करिब एक खर्ब ४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । स्थानीयवासीलाई आयोजनाबाट एक अर्ब रुपैयाँ बराबरको करिब ५ प्रतिशत सेयर दिइनेछ । सतलजले आयोजनाबाट प्रभावित हुने ६ गाविसमा निःशुल्क विद्युतीकरण गरिदिनेछ । जग्गा अधिग्रहण र आयोजनाबाट प्रभावित गाविसका परिवारलाई पुनर्वासका लागि सरकारले सघाउनेछ ।
अरुण तेस्रोमा सतलजले नेपाललाई २१.९ प्रतिशत अर्थात् १ सय ९७ मेगावाट बिजुली सित्तैमा दिनेछ । वार्षिक ८६ करोड युनिट हुने बिजुली प्रतियुनिट ५ रुपैयाँ हिसाब गर्दा पनि बिजुलीको भाउ ४ अर्ब ३० करोड रुपैयाँ हुन आउँछ । आयोजनाबाट वार्षिक ३ अर्ब ९२ करोड २४ लाख युनिट बिजुली उत्पादन हुने विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) ले देखाएको छ । २०८० साल भित्र आयोजना सम्पन्न गरे, उसले साढे ४ अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर १० वर्ष पूरै र थप ५ वर्ष आधा छुट पाउनेछ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नेपाललाई सबभन्दा बढी फाइदा दिने प्रस्ताव गरेकाले सतलजले सन् २००८ मा अरुण तेस्रो विकास गर्ने इजाजत पाएको हो ।
यसबीचमा उसले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नुका साथै वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनसमेत तयार गरी सरकारलाई बुझाइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top