AdAd
Ad

बीमा बजारका चुनौती र सम्भावना

– चिरञ्जिबी चापागाईं, अध्यक्ष, बीमा समिति
नेपालको बीमा बजार विकासको प्रारम्भिक चरणमा छ । अहिलेसम्म कुल जनसंख्याको ८ प्रतिशतमा मात्र जीवन बीमाको पहुँच पुगेको छ, यसको मतलब बीमा कम्पनीहरुलाई बजार विस्तारको प्रशस्त सम्भावना छ । तर अझै पनि आम मानिसहरुमा बीमा साक्षरताको अभाव छ । बिमा समितिले हालैमात्र ९ नयाँ जीवन विमा कम्पनीहरुलाई इजाजतपत्र प्रदान गरेको छ, यससँगै जीवन बीमाको बजारमा कम्पनीहरुको संख्या १८ पुगेको छ ।
बीमा कम्पनीहरुको संख्या वृद्धिसँगै नियामक निकायमा गुरुत्तर दायित्व थपिएको छ– बीमा बजार विकासको प्रारम्भिक चरणमा रहेकाले बिमा समितिले नियामक भन्दा पनि सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्नेछ । तर यसको मतलब बीमा कम्पनीहरुलाई जे गर्न पनि छुट दिने भन्ने होइन । उनीहरुलाई सही बाटोमा हिँडाउने, हिँड्न प्रेरित गर्ने र नियम उल्लंघन गरेमा कारबाहीको दायरामा ल्याउने हो ।
बीमा बजारको सम्भावना उजागर गर्नका लागि बीमा समितिले जनचेतना अभिवृद्धि र मानवस्रोत विकासका लागि काम गर्नुपर्नेछ । बीमा कम्पनीहरुलाई बीमा समितिले गर्ने सहजीकरण यही हो । बीमा कम्पनीहरु थपिएसँगै बीमा बजारमा अस्वस्थ प्रतिस्पर्धा नहोस् भन्नेमा हामी सजग छौं । बीमा कम्पनीहरुको संख्यामा वृद्धि भएसँगै हामीले जोखिममा आधारित सुपरिवेक्षण प्रणाली लागू गर्दैछौं ।
बीमा क्षेत्रम आवश्यक जनशक्ति विकास, विमा अभिकर्ता र सर्भेयरहरुको क्षमता विकासका लागि पनि बीमा समितिले काम गर्नुपर्नेछ । अर्कोतर्फ बीमा कम्पनीहरुलाई लगानीका लागि केही विशेष व्यवस्था गर्ने सम्बन्धमा पनि बीमा समितिले केही कदम अघि बढाउने सोच राखेको छ ।
(बीमा समितिका अध्यक्ष चापागाईंले आईबीएनद्वारा आयोजित कार्यक्रममा व्यक्त मन्तव्य)

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top