AdAd
Ad

बुधबारदेखि छाला जुत्ता प्रर्दशनी

काठमाडौं, ८ पौष । सामूहिक व्यापार चिन्ह्रको प्रयोग स्वदेशी उत्पादनको पहिचान लाई प्रवद्र्धन गर्न छाला जुत्ता तथा वस्तु उत्पादक संघ नेपालको आयोजना स्वदेशी बुट र स्वदेशी सुट प्रदर्शनीको तयारी पूरा भएको छ संघले जनाएको छ
प्रदर्शनी पुस ९ गतेदेखि १५ गते सम्म भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा आयोजना हुँदैछ । यस अघिका प्रदर्शनी सभागृह हल बाहिर हुने भएपनि यस पटक सार्क शिखर सम्मेलमा सभागृहलाई मर्मत सम्भार गरिएका कारण कुनै पनि कार्यक्रम तथा प्रर्दशनी गर्न काठमाणडौ महानगरपालिकाले नदिने निर्णय पछि यसपटक देखी भृकुटीमण्डपमा प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
मेलामा करिब १ सय ८० स्टल हुने रहने बताउर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न र प्रवद्धन गर्ने मेला आयोजना गरिएको संयोजक फुयालले बताए ।
यसपटकको प्रदर्शनी केही विगतभन्दा फरक छ । प्रदर्शनीमा १८० वटा स्टलमध्ये ५० वटा स्टल कपडा तथा सिलाइ व्यवसायी संघको हुनेछ । ११ औँ प्रदर्शनीमा पहिलो पटक कपडा तथा सिलाइ व्यवसायी संघ पनि सहआयोजक रुपामा रहेको जानकारी दिए । ५० वटा स्टलमध्ये सर्ट पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडा तथा आकर्षक डिजाइनका सटिङ सुटिङका डिजाइनहरु राखिने छन् । भने १ सय २० वटा स्टलमा जुत्ता चप्पल तथा छालाजन्य वस्तु तथा ती वस्तुहरुको उत्पादनमा प्रयोग गरिने सहायक कच्चा पदार्थहरु लगायतका बस्तुहरु राखिने भएको छ । बाँकी रहेको १० वटा स्टल स्वदेशी उत्पादित वस्तुहरु र रेस्टुरेन्टहरु राखिने भएका छन् ।

मेलालाई बिक्रि तथा प्रर्दशनी रुपमा मात्र नभएर नेपाली उत्पादीत बस्तुहरुको बारेमा ग्राहकहरुको जनगुनासो सुन्ने माध्यमका रुपमा पनि लिईने आयोजकहरुको भनाई रहेको छ । यस्तै मेला अवधिमा ग्राहकहरुले समान खरिदमा १५ प्रतिशत छुट पाउने व्यावस्था मिलाईएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top