AdAd
Ad

बैंकहरुको निक्षेप ४१ अर्ब बढ्यो, कर्जा लगानी ६९ अर्ब

काठमाडौं, कार्तिक २५ । गत वर्षदेखि नै अधिक तरलता व्यवस्थापन गर्न नसकिरहेका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७१÷७२ मा कर्जा लगानीको अनुपातमा कम निक्षेप संकलन गरेका छन् । चालु आवमा ३० वाणिज्य बैंकले ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने कर्जा लगानी ६९ अर्ब पुगेको छ ।
३० वाणिज्य बैंकबाट संकलित तथ्यांक अनुसार गत सातासम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन १२ खर्ब ४९ अर्ब र कर्जा लगानी ९ खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ । चालु आवको आर्थिक वर्षको शुरुवातसम्म वाणिज्य बैंकहरुले १२ खर्ब आठ अर्ब रुपैयाँ निक्षेप संकलन गरी नौ खर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।
अहिले वाणिज्य बंैकहरुसँग विदेशी मुद्रा ९१ अर्ब रुपैयाँ बराबर र स्थानीय मुद्रा ११ खर्ब ५९ अर्ब रुपैंयाँ रहेको बैंकहरुबाट प्राप्त तथ्यांकले देखाउँछ ।
रेमिट्यान्स आप्रवाहमा आएको कमीका कारण पनि बैंकहरुको निक्षेप संकलनमा कमी आएको छ भने अधिक तरलताका कारण बैंकहरुले निक्षेपमा दिने ब्याज घटाएपछि लगानीकर्ता सेयर, सुन तथा रियलस्टेटमा आकर्षित भएका छन् ।
निक्षेपमा वाणिज्य बैंकहरुको औसत ब्याजदर ३.९० प्रतिशत छ । जसमध्ये बचत खाताका निक्षेपकर्ताले ३.१० प्रतिशत र मुद्दती खाताका निक्षेपकर्ताले ६.६५ प्रतिशत दरमा ब्याज प्राप्त गरिरहेका छन् भने कर्जा लगानीको ब्याजदर पनि अधिक तरलताका कारण ओर्लिएको छ, अहिले वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर १०.२३ प्रतिशत रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा सामान्य बढी हो ।

वाणिज्य बैंकहरुको निक्षेप तथा कर्जाको वर्तमान स्थिति
निक्षेप संकलन १२ खर्ब ४९ अर्ब

कर्जा लगानी ९ खर्ब ६९ अर्ब

विदेशी मुद्रा बचत ९१ अर्ब रुपैयाँ (बराबर)
ब्याजदर
निक्षेप (बचत) ३.१%

निक्षेप (मुद्दती) ६.६५%

कर्जा ब्याजदर १०.२३% (औसत)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top