AdAd
Ad

भन्सार विभागका महानिर्देशक फेरिए Featured

काठमाडौं, ३ पौष । अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा शिशिर ढुङ्गानालाई नियुक्त गरेको छ । राजस्वको पृष्ठभूमी भएका ढुङ्गाना भन्सार विभागमा सरुवा हुनुअघि मन्त्रालयमा आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख थिए ।
उनले यसअघि आन्तरिक राजस्व विभाग अन्तर्गतका कर कार्यालय, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग मातहत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय लगायतमा काम गरेको पृष्ठभूमी छ । मन्त्रालयमा उनले प्रशासन महाशाखाको नेतृत्व गर्दै केही समयअघिमात्र नीति विश्लेषण महाशाखाको जिम्मेवारी सम्हालेका थिए । राजस्वको पृष्ठभूमीका ढुङ्गानाले भन्सार विभागले शुरु गरेका सुधारका कामलाई निरन्तरता दिने बताएका छन् ।
भन्सार विभागका महानिर्देशक सूर्यप्रसाद आचार्य भने मन्त्रालय सरुवा गरिएका छन् । अर्थमन्त्रालयले केही दिनअघि सहसचिव केवल भण्डारीलाई सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा नियुक्त गरेको थियो ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top