AdAd
Ad

भाडा वृद्धिको माग राख्दै ट्रक व्यावसायी आन्दोलित, ढुवानी ठप्प पार्ने चेतावनी

काठमाडौं, १८ मंसीर । भाडा वृद्धिको माग राख्दै ट्रक व्यवसायी आन्दोलित बनेपछि ढुवानी सेवामा अवरोध आएको छ । सिण्डिकेट र भाडा वृद्धिको सम्बन्धमा सर्वत्र आलोचना भइरहेको र आयल निगमले डिजेलको मूल्य समेत घटाइरहेका बेला ट्रक व्यवसायीको यो आन्दोलन गैर जिम्मेवारीको पराकाष्ठा भएको निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
ढुवानीकर्ताहरुले भैरहवा देखि काठमाडौं रुटको भाडा प्रति १० टन २२ हजार रुपैयाँ पु¥याएका छन् । यसअघि यस्तो भाडादर १९ हजार रुपैयाँ थियो । त्यस्तै पोखरा–भैरहवा रुटको भाडापनि १६ हजार पाँच सय रुपैयाँबाट २० हजार पु¥याइएको छ ।
सरकारले तेलको मूल्य घटिरहेकाले तत्काल भाडा वृद्धि नगर्न भनेपछि ट्रक व्यावसायीहरुले ढुवानी ठप्प पार्ने भन्दै आंशिक रुपमा ढुवानी गर्न छाडेका छन् । यसअघि सरकारसँगको वार्तामा वैज्ञानिक भाडादर कायम गर्न माग गरेपनि सरकारले भाडा वृद्धि गर्न नमानेपछि आन्दोलन गर्नुपरेको नेपाल ट्रक कन्टेनर व्यावसायी संघले जनाएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top