AdAd
Ad

भैरहवा विशेष आर्थिक क्षेत्र मंगलबारदेखि सञ्चालनमा आउने

काठमाडांै, २८ कार्तिक । निर्माण सम्पन्न भएको केही समय गुज्रिसक्दा पनि सञ्चालन कार्यविधि तथा आवश्यक कानूनको अभावमा सञ्चालनमा आउन नसकेको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मंगलबारदेखि सञ्चालनमा आउने भएको छ । मंगलबार सरकारका मन्त्रीद्वय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र उद्योगमन्त्री महेश बस्नेतले सेज उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
छ महिना अघिदेखि नै पूर्वाधार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी भैरहेको भनिएपनि यसले मूर्त रुप पाउन सकेको थिएन । तर हालै मन्त्रीपरिषद् बैठकले सेज सञ्चालन कार्यविधि–२०७१ अनुमोदन गरेपछि सेज सञ्चालनको बाटो खुलेको हो । सरकारले सेज सम्बन्धि छुट्टै ऐन– विशेष आर्थिक क्षेत्र विधेयक पनि संसद्मा पठाउने तयारी गर्दैछ । सेज निर्माणकै क्रममा सरकारले २०६३ सालमा पहिलोपटक टेबुल गरेको यो विधेयक त्यतिबेला अनुमोदन हुन सकेको थिएन । त्यसयता सात वर्ष बितिसक्दा पनि सरकारले उक्त विधेयक संसदमा पठाएको छैन ।
“अहिले सेजको प्रशानिक र सेवा केन्द्र उद्घाटन हुनेछ उनीहरुले त्यहाँ उद्योग भित्र्याउने काम शुरु गर्नेछन्,” सेजका एक अधिकारीले भने । ३५ हेक्टर क्षेत्रफलमा निर्माण भएको भैरहवा सेजमा ६८ प्लटहरु छन् जहाँ उद्योगीहरुले दुई सयको हाराहारीमा उद्योग लगाउन सक्नेछन् । यसअघि मस्यौदा भएको सेज विधेयकले सेजमा उत्पादित वस्तुमध्ये ७५ प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था उल्लेख गरेको थियो ।
उद्योग सञ्चालनका लागि आवश्यक पर्ने १५० केभीएको फिडर सेजमा जोडिसकिएको छ । नेपाल विद्युत् प्राधिकरणले सेजका लागि छुट्टै फिडर दिएको हो ।
उद्घाटन हुन लागेको सेजको प्रशासनिक भवन भने ११ करोड रुपैयाँको लागतमा निर्माण भएको हो भने सेवा केन्द्र एक करोड ६५ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । सेज निर्माणका लागि ५४ करोड रुपैयाँ खर्च भएको छ, सरकारले यसलाई ५२ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । सुविधासम्पन्न यो विशेष आर्थिक क्षेत्रमा बैंकिङ, इन्स्यारेन्स, प्रदर्शनी केन्द्र, सेमिनार हल, कुरियर, स्वास्थ्य केन्द्र, मनोरञ्जन पार्क, विद्यालय लगायतका सेवा पनि उपलब्ध हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + one =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top