AdAd
Ad

मंसिरमा विवाहको लगन एक दिनमात्र, पुष्प व्यावसायीहरु चिन्तित । व्यवसायी भन्छन्, पुष्प नीतिको कार्यन्वयनमा जोड आवश्यक Featured

काठमाडौं, १५ मंसिर । हिन्दु परम्परा अनुसार वैवाहिक कार्यका लागि अति शुभ मानिने मंसिर महिनामा विवाहको लगन कम हँुदा पुष्प व्यावसायीहरु चिन्तित भएका छन् ।
विवाहको मण्डब सजावट, गाडी सजावट तथा बेहुलाबेहुलीले लगाउने दुबा को माला निमार्ण गर्ने काम गर्दै आएका पुष्प व्यावसायीहरु यो बर्ष मंसिरमा १ दिन मात्र लगन रहेकाले कामको चापमा कमीका साथै आम्दामी पनि अपेक्षा अनुरुपले नहुने भएकाले चिन्तित बनेका हुन् ।
८० प्रतिशत भन्दा बढी हिन्दु धर्मावालम्बिहरुको बसोबास रहेको नेपालमा फुललाई जन्म देखि मृत्युसम्ममा प्रयोगमा ल्याईने गरिन्छ । फुललाई शुद्धताको प्रतिकमा पनि लिने गरिन्छ । फुलको प्रयोग विषेश गरेर उत्सव समारोहमा बढी प्रयोग गरिने हुँदा विवाह कार्यलाई पनि उत्सवका रुपमा नै लिने गरेको पाइन्छ ।
विगतका वर्षहरुका मंसिरमा पुष्प व्यावसायीहरुलाई भ्याईनभ्याई हुन्थो । यस वर्षको मंसिरमा त्यो चहलपहल प्राय शुन्य नै रहेको अनुभव व्यावसायीहरु सुनाउँछन् । विवाहको लगन मात्र नभै पुष्प व्यावसायमा लाग्ने व्यावसायीहरु बिचको प्रतिस्पर्धाले पनि व्यापारमा कमि आएको व्यापारीहरुको अनुभव रहेको छ ।
नेपालमा पुष्प उत्पादनको थालिएको लामो समय भएपनि व्यावसायीक रुपमा पुष्पलाई सजावट तथा व्यापार गर्न थालिएको त्यति लामो समय भएको छैन । हाल नेपालका ३८ जिल्लाहरुमा फुलको व्यावसायीक रुपमा उत्पादन हुने गरेको छ । करिव ६ सयको संख्यामा पुष्प व्यवसायीहरुले आफ्नो व्यावसाय संचालन गर्दै आएका छन् । र त्यसबाट प्रत्येक्ष अप्रत्येक्ष रुपमा ४० हजार भन्दा बढीले रोजगारी पाएको नेपाल पुष्प व्यावसायी संघको तथ्याङमा उल्लेख छ ।
१ सय ३७ हेक्टर क्षेत्रफलमा व्यावसायीक रुपमा पुष्प व्यावसाय गर्दै आएको र नेपालमा करिव ४ अर्ब भन्दा बढी लगानी रहेको छ । वार्षिक १ अर्ब १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने गरेको संघले बताएको छ ।
पुष्प व्यावसायमा संलग्न व्यावसायीहरुले वार्षिक ५ देखी ५० लाख रुपैयाँसम्मको कारोबार गर्दै आएका छन् । नेपालमा वार्षिक ३ करोड रुपैयाँको फुल सिजनमा भारत, नेदरल्याण्ड,स्प्रेन, जापान लगायतका देशहरुबाट फुल आयात हुने गरेको बताइएको छ । चाडबाडको बेलामा फुलको माग बढि हुने भएकाले ३ करोड रुपैयाँ बराबर कै फुल विदेशबाट आयात गर्ने गरिएको पुष्प व्यावसायी संघका कार्यक्रम संयोजक जेवि तमाङले बताए ।
पुष्प व्यावसायको उत्पादन भनेको छोटो हुने र समयमा नै बजारमा लगी बिक्री गने सकिने हुन्त । तर नेपालमा फुलको भण्डारण गर्ने प्रविधिको विकास नहुँदा सिजनमा नेपाली फुलहरु खराब हुने व्यवसायीहरु बताउँछन् । नेपालमा बैशाख, श्रावन, पौष र चैत्रमहिनामा फुल उत्पादनमा कमि आउने बताइएको छ । यी महिनाहरुमा पर्ने उत्सवहरुमा फुल भण्डारणको व्यावस्था नहुर्दा विदेशबाट फुल आयात गर्नु पर्ने बाध्यता रहेको देखिएको छ । यद्यपी सिजनमा नेपाली उत्पादन नै नेपालका लागि पर्याप्त मात्रामा हुन्छ । तर जब चाडबाड र उत्सवहरु शुरु हुन्छन अनि नेपाली फुलले नेपालको बजार धान्न गाह्रो हुन्छ । त्यसपछि आयातलाई नै रोज्नु पर्ने बाध्यता छ तामाङले भने ।
नेपालमा विशेष गरेर कार्नेशन, जलविरे ,रोज, तरबारेफुल (ग्रान्स) लगायतका फुलहरु बढी आयात हुने गरेको तथ्याङक रहेको छ । अहिलेको अवस्थामा नेपालमा खपत हुने फुलहरु मध्ये ६० देखी ८० प्रतिशत नेपाली उत्पादनले नै धान्दै आएको पुष्प व्यावसायी संघ बताउछ ।
नेपालमा भएको दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कको १८औं सम्मेलन आयोजना गर्दाका बेला ४० प्रतिशत फुलहरु भारतबाट ल्याईएको र ६० प्रतिशत नेपालमा नै उत्पादन भएका फुलको प्रयोग भएको संघले जनाएको छ ।
पुष्प व्यावसायमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरु तयार भएपनि राज्यको स्पष्ट नीति नहँुदा लगानीको सुरक्षाको प्रत्याभुती दिलाउन नसकेको व्यावसायीहरु बताउँछन् । पुष्प व्यावसायीहरुको लामो संघर्ष पछि नेपालमा बल्ल पुष्प नीति पारित भएको र कार्ययोजना पनि बनिसकेको छ । सोही अन्तर्गत चालु आर्थिक बर्षमा सरकारले पुष्प व्यावसायको प्रबद्र्धनका लागि १ करोड रुपैयाँको बजेठ पनि विनियोजन गरेको छ । तर आर्थिक वर्ष सुरु भएको ४ महिना बितिसक्ता पनि रकम निकासा नभएको कार्यक्रम संयोजक तामाङ बताउँछन् ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top