AdAd
Ad

मुलुकको आर्थिक परिसुचकहरु सकारात्मक, सरकारी खर्च भने अपेक्षित रुपममा बढ्न सकेन Featured

काठमाण्डौं, मंसिर २ । मुलुकबाट पुँजीपलयन भएका कारण चालु आर्थिक वर्षको दुई महिनामा १० अर्ब रुपैयाँलृ ऋणात्मक रहेको शोधानान्तर स्थितीमा सुधार आएको छ । चालु आर्थिक वर्षको तेस्रो महिनामा मुलुकको शोधानान्तर स्थिती २ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । विप्रेषण आप्रवाह तथा वैदेशिक लगानीमा आएको कमीका कारण शोधानान्तर स्थितीमा कमी आएको केन्द्रिय बैंकको तथ्याङकमा उल्लेख गरिएको छ ।
समिक्षा अवधिमा मुलुकमा भित्रने विप्रेषण ०.६ प्रतिशतले कमी भइ १३४ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यता भदौ महिनाको तुलनामा असोज महिनामा विप्रेषण १७.६ प्रतिशतले वृद्धि भएको छ । यस्तै समिक्षा अवधिमा विदेशी मुद्रा संचिती २.११ प्रतिशतले वृद्धि भएर ६७९ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिको विदेशी मुद्रा संचितीले १०.८ महिनाको वस्तु आयात र ९.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको तथ्याङकले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा मुलुकको निर्यातमा २.३ प्रतिशतले ह्रास आई २२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । तर असोज महिनामा भदौ महिनाको तुलनामा निर्यात ५.२ प्रतिशतले बढेको छ । यता समिक्षा अवधिमा मुलुकले १९२ अर्ब २५ करोड रुपयाको वस्तु आयात गरेको छ । यस अवधिको आयात २४.७ प्रतिशतले बढेको छ । निर्यातको तुलनामा आयात बढि भएका कारण समिक्षा अवधिमा मुलुकले १६९ अर्ब ७२ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यर्हाेरेको छ ।
समिक्षा अवधिमा मुलुकको मुद्रास्फिति दरमा सुधार आएर ७.५ प्रतिशतमा सिमित भएको छ । जबको अघिल्लो वर्षको सोहि अवधिमा मुद्रास्फिति दर ८.४ प्रतिशत रहेको थियो । यस अवधिसम्ममा सरकारी खर्चमा ३.३ प्रतिशतले ह्रास आएर ५५ अर्ब २४ करोड रुपैयाँ मात्र भएको छ । चालु खर्च तथा पुँजीगत खर्चमा आएको कमीका कारण सरकारी खर्चमा कमी आएको हो । सरकारले विकास कार्यक्रम स्विकृतिमा गरेको ढिलाईका कारण समिक्षा अवधिमा पुँजीगत खर्च १६ प्रतिशतले ह्रास भई १ अर्ब ८१ करोड रुपैयाँ मात्र खर्च भएको छ ।
आर्थिक वर्षको पहिलो ३ महिनामा सरकारको राजश्व परिचालन १६.३ प्रतिशतले बढेर ८४ अर्ब २७ करोड रुपैयाँ रहेका छ । समिक्षा मुलुकमा ९१ करोड ७७ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top