AdAd
Ad

मोटरसाईकलका पार्टहरु महंगै भएपनि यसको माग उच्च

काठमाण्डौं, मंसिर ५ । नेपाली बजारमा डलरको भाउ बढेसंगै मोटरसाईकलको पार्टपुर्जाहरुमा पनि १० देखी १५ प्रतिशतको हाराहारीमा मुल्य बृद्धि भएको छ ।
नेपालको सडकमा ६ लाख भन्दा बढीको संख्यामा मोटरसाईकल तथा स्कुटरहरु गुड्ने गरेको तथ्यांक छ । मोटरसाईकल तथा स्कुटरहरुको प्रयोगमा आएको वृद्धिले पार्टहरुको माग समेत उच्च भएको बताइएको छ । यता पार्टहरु स्वदेशमा निमार्ण नहुने भएकाले हामी आयातमा नै निर्भर छौं । पार्टहरु आयात गरिने मुलुकमा नै मुल्यवृद्धि भएपछि यहाँ पनि उक्त पार्टहरुमा मुल्य बृद्धि भएको व्यापारीहरु बताउछन् ।
वार्षिक ५ अर्व भन्दा बढीको कारोबार हुने यो व्यावसायमा राज्यले खासै चासो नदिएको व्यावसायीहरु गुनासो रहेको छ । राज्यको भन्सार नीतिका कारण समस्या खेप्र्दै आएको उनीहरु बताउछन् । सरकारको भन्सार मुल्य र हामीहरुको बिक्री मुल्यमा एकरुपता हुन नसक्दा व्यावसाय नै धरापमा पर्न थालेको उनीहरुको गुनासो रहेको छ । पार्ट पुर्जाहरुको भन्सार मुल्याकन धेरै र हाम्रो बिक्रि मुल्य कम छ यसमा एकरुपता ल्याउनु आवश्यक रहेको व्यापारीहरुको भनाइ छ ।
अर्को तर्फ यता ट्राफिक प्रहरीले मोटरसाईकललाई स्वरुप परिवर्तन गर्न नदिने तर सरकारले भने स्वरुप परिवर्तनको सामानलाई आयात गर्न दिएर राजश्व असुल्ने यो खालको दोहोरो भुमिका कारण समस्यामा परेको व्यापारिहरु बताउछन् । मोटरसाईकलको सोरुप परिवर्तन गरेर चलाउन नदिने भए किन यसलाई भन्सार तिरेर नेपाल ल्याउन दिएको व्यापारीहरुको सरकारलाई प्रश्न रहेको छ ।
नेपालमा मोटससाईकलका पार्टहरु चिन, भारत, थाईल्याण्ड लगायतका देशबाट आयात गर्ने गरिएको छ । गुणस्तर र डिजाइनको कारणले नेपाली बजारमा थाईल्याण्डका पार्टहरु बढी माग हुर्दै आएको समेत व्यापारीहरु बताउछन् ।
यस व्यावसायमा संभावनाहरु धेरै रहेको व्यापारीहरुको ठहर छ । अहिले बैकहरुले समेत यस व्यवसायका लागि लगानी बढाउदै आएका छन् । तर यो व्यावसायलाई सरकारले उचित नीति ल्याएर यसलाई व्यावस्थित गर्र्न व्यावसायीहरुको माग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top