AdAd
Ad

म किन नेपाली कांग्रेसमा प्रवेश गरें ? 

  • विनोद चौधरी
  • नेपालीकांग्रेसका सभापतिएवं सम्माननीयप्रधानमन्त्रीश्री शेरबहादुर देउवाज्यूलेमिति २०७४ कार्तिक १३ गतेको पत्रमार्फत्मप्रतिदर्शाउनु भएको सद्भावएवं विश्वासकालागिकृतज्ञता ब्यक्तगर्दछु । यसबाट मलाई नेपालको नयाँ उचाईकोआर्थिकविकासमाआफ्नो क्षमताले भ्याएसम्म योगदानगर्न हौसलामिलेको छ ।योहौसलाएवं सद्भावव्यक्तिगत रुपमामात्रै नभई उद्यम, व्यवसायको माध्यमद्वारा राष्ट्रको आर्थिक विकासमा योगदान पु¥याइरहनु भएकासम्पूर्णमहानुभावप्रति समर्पित छ भन्ने मैलेबुझेको छु । स्पष्ट सोंच तथा रणनीतिबाट निश्चित यस्तोआर्थिक विकासकालागि राजनीतिएवं शासन प्रणालीको केन्द्रमाआर्थिक एजेण्डालाई राखिनुपर्छ भन्ने म स्पष्टमान्यता राख्दछु । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको दिर्घकालिनआर्थिक रुपान्तरणकोप्रारम्भिक चरणमा मैले नेपालउद्योग बाणिज्य महासंघको उपाध्यक्षएवं अध्यक्षका हैसियतले तत्कालिनप्रधानमन्त्रीद्वय स्व.कृष्णप्रसाद भट्टराई र स्व. गिरिजाप्रसादकोइरालासँग कामगर्ने शौभाग्यप्राप्त गरेको स्मरण गर्न चाहान्छु । त्यतिबेलाचालिएकोआर्थिक सुधारको परिणाम स्वरुपउच्चआर्थिक बृद्धिदर, निर्यात ब्यापार, राजश्व संकलन, विदेशीलगानीलगायतमा ऐतिहासिकउपलब्धीहासिलभएको थियो । आर्थिक विकासकालागिनिजी क्षेत्रको भूमिका सहायक हैन, अग्रणी हुनुपर्छ भन्ने मेरोधारणा सधै नै रहयो । अर्थतन्त्रको फराकिलो एवं उच्च बृद्धिका लागिनिजी क्षेत्रलाई निर्णायकभूमिका दिइनुपर्छ भन्ने मान्यता स्थापितगर्न म संघर्षरत रहदै आएको छु ।आर्थिक विकासको इन्जिननिजी क्षेत्र नै हो भन्ने सोंचलाई व्यवहारमाकार्यान्वयनगर्न मैले सक्दो योगदान पु¥याउनेछु ।नेपालीनागरिक, नेपाली समाज र समग्र राष्ट्रको सन्तुलितविकासकालागि सामाजिक समन्वय र सहभागिताविनाबलियो अर्थतन्त्रको निर्माण गर्न असम्भव छ । २०७२ सालको महा–भूकम्पपश्चातपुनर्निर्माणको क्रियाकलापमा स्वयं सहभागीहुने क्रममा मैले प्रत्यक्षअनुभव गरेको बिषयपनियहिहो ।दिगो विकास र व्यवस्थापनको अवधारणामार्फत् हामी नेपाली समाजको गुणस्तरीय रुपान्तरणकोमार्गमा अगाडि बढ्नु परेको छ । समृद्ध नेपाली, समृद्ध समाज र समृद्ध राष्ट्रनिर्माण गर्नु हाम्रो लक्ष्यहो । पहिलो संविधानसभामाप्रतिनिधित्वगरिरहदा मैले समृद्ध नेपालनिर्माणका लागिउदार अर्थव्यवस्थाएवं गतिशिलनिजी क्षेत्रको पक्षमा सदनभित्र र सार्वजनिक रुपमापनि संघर्षरत रहें । फरक–फरक पृष्ठभुमीबाट आएका सभासदहरुको उपस्थिती रहेको उक्तसंविधानसभामा मेरा सम्पूर्ण प्रयास भावी संविधानमाआर्थिक विकासमानकारात्मकप्रभाव पर्ने गरि कुनै बुँदानलेखियोस् भन्नेतर्फ केन्द्रितथियो । मैले राष्ट्रिय एवंअन्तर्राष्ट्रिय मञ्चहरूमार्फत् राष्ट्रको प्रतिष्ठाअभिबृद्धि र लगानीप्रवर्धनलाई आफ्नो प्रमुखएजेण्डा बनाउदै आएको छु । यस्ता मञ्चहरुमा मेरोजोड नेपाल र नेपालीको स्वाभिमानएवं समुन्नत नेपाली अर्थतन्त्रको विकासमा केन्द्रित रहने गर्दछ । वल्र्ड इकोनोमिकफोरम देखि फोब्र्ससम्मकाविश्वविख्यातअन्यफोरमहरुमापनिनेपाललाई दक्षिण एसियाको नमूनाराष्ट्रका रुपमा स्थापितगर्न सम्भव छ भन्ने बारेमा मैले अन्तर्राष्ट्रिय जगतको ध्यानकर्षण गराउदै आएको छु ।आफ्नो जीवनकालमा समृद्ध नेपाल देख्ने मेरो सपनाहो ।यसलाई तपाई हामी सबैले हाम्रो साझाएजेण्डा बनाउनुपर्छ । र, यसकालागिआ–आफ्नो ठाउ“बाट योगदानगर्नुपर्छ । यो सपना साकार पार्न म आफ्नोतर्फबाटकुनै कसर बाँकी राख्नेछैन । नेपालीकांग्रेस पार्टीबाट सार्वजनिकगरिएको सो आव्हानतथा पहलबाट म झनै उत्साहितभएको छु ।  आजको विश्वमालोकतान्त्रिकशासन पद्धती र खुलाबजार अर्थतन्त्रविवादरहितविषयहुन् । यहि बाटोमार्फत्विश्वले आर्थिक समृद्धि हासिलगर्न सम्भवभएको छभने नेपालअपवादबन्न सक्दैन । यस वृहत्तर सोंचको एक सहयोगीबन्ने अवसर प्रदानगर्नु भएकोमा म सम्माननीयप्रधानमन्त्रीज्यू र नेपालीकांग्रेसको नेतृत्व गणप्रतिआभार व्यक्तगर्दछु ।
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top