AdAd
Ad

युनाईटेड फाईनान्सको लाभांश पारित

काठमाडौं, १८ मंसिर । युनाईटेड फाईनान्स लिमिटेडको २०औं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीले प्रस्ताव गरेको बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्ने बताएको छ । कम्पनीको हाल चुक्ता पूँजी ३५ करोड रुपैयाँ रहेको छ । ‘चुक्ता पूँजी वृद्धि गर्नुको मुख्य उद्देश्य फाईनान्सलाई स्तरवृद्धि गर्नु हो,’ कम्पनीका अध्यक्ष बसन्त चौधरीले बताए । ‘विकास बैंक बन्नका लागि ६४ करोड रुपैयाँको चुक्ता पूँजीको आवश्यकता पर्छ, अब हामी हकप्रद शेयर निष्काशन गर्छाै ।’
यस फाईनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरि ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै कम्पनीले दिगो वित्तीय सेवा दिन साना तथा मझौला उद्यमीहरुमा कर्जा लगानी गर्ने जनाएको छ । ‘अहिले वाणिज्य बैंकहरुले पनि फाईनान्स कम्पनीहरुले नै दिने वित्तीय सेवा दिदै आएको छ, त्यसैले हामी वाणिज्य बैंकहरुसंग प्रतिस्पर्धा गर्दैछौं,’ अध्यक्ष चौधरीले भने, ‘सोहि कारण पनि हामीलाई मध्यम स्तरका मानिसहरु माझ वित्तीय सेवा पुर्याउन चुनौति नै भएको छ ।’
युनाईटेड फाईनान्सको हाल १० शाखाहरु संचालनमा रहेका छन् । फाईनान्सलाई स्तरवृद्धि गर्ने योजनामा भएकाले शाखा संजाल विस्तार गर्न बताइएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top