AdAd
Ad

रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने Featured

काठमाडौं, १४ मंसीर । चीनसँगको व्यापारको लागि रसुवागढी–जिलोङ नाका पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । ल्हासा वाणिज्य संघका महानिर्देशक तथा ल्हासास्थित नेपाली महावाणिज्यदूतले संयुक्त रुपमा उद्घाटन गरेपछि सोमबारदेखि उक्त नाका सञ्चालनमा आउने भएको हो ।

पछिल्लो समय उत्तरी छिमेकी चीनसँग बढ्दै गएको व्यापार सहजीकरणका लागि नेपालले रसुवागढी भन्सार नाकामा अध्यागमन, क्वारेन्टाइन लगायतका सेवा शुरु गरिसकेको छ । यसअघि चीनको केरुङमा मात्र भन्सार कार्यालय रहेकोमा अहिले चीनले पनि रसुवाकै सीमाना जिलोङमा पूर्ण सुविधासहितको भन्सार नाका स्थापनागरी एकसाथ सञ्चालनमा ल्याउने भएको हो । यद्यपि चीनतर्फ यसअघि नै सबै पूर्वाधार निर्माण भैसकेपछि नेपाली पक्षले पूरा तयारी नगर्दा उद्घाटनमा केही ढिलाई भएको हो ।

चीनतर्फको व्यापारका लागि अहिले तातोपानी नाकाबाट मात्र ठूलो कारोबार हुँदै आएकोमा रसुवागढी नाकाबाट पनि व्यापार बढ्ने अपेक्षा गरिएको छ । गत साउनमा सिन्धुपाल्चोकको माङ्खा गाविसमा गएको पहिरोका कारण अरनिको राजमार्ग बन्द हुँदा नेपालले रसुवागढी मार्ग भएर वस्तु आयात गरेको थियो । पूर्ण सुविधाको भन्सार कार्यालय र अध्यागमन लगायतका सुविधा नहुँदा या नाका चल्तीमा थिएन ।

हालै रसुवागढीको टिमुरेमा पनि चीन सरकारको सहयोगमा सुख्खा बन्दरगाह निर्माणको लागि अध्ययन अघि बढाइएको छ भने उक्त सुख्खा बन्दरगाह चीन सरकारले बनाइदिने सैद्धान्तिक सहमति भैसकेको छ । त्यस्तै नेपालले व्यापारको लागत घटाउन उक्त नाका हुँदै कन्टेनरको आवतजावत सहज बनाउन रसुवागढी–स्याफ्रुबेशी–त्रिशुली सडक खण्डको स्तरोन्नति गर्दैछ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top