AdAd
Ad

राजधानीमा लघु उद्यमीहरुको उत्पादनहरुको प्रदर्शनी, अष्ट्रेलियाका सेनेटरले गरे अवलोकन

काठमाडौं, ११ मसिर । लघु उद्यम विकास कार्यक्रम मेडेपको आर्थिक एवं प्राविधिक सहयोगबाट नेपालका लघु उद्यमीहरुले हासिल गरेको उन्नतीलाई अष्ट्रेलियाका सेनेटर तथा विदेश मन्त्रायलका संसदिय सचिव बे्रट म्यासनले अवलोकन गरेका छन् । १८ औं सार्क शिखर सम्मेलनका लागि अष्ट्रेलियाका तर्फबाट पर्यव्यक्षकका रुपमा रहेका सेनेटर बे्रट र उनको समुहले यहि मौकामा मेडपले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाएका हुन् । सेनेटर बे्रटले राजधानीको महारागंजस्थित सेलवेज बैंकुटमा राखिएको नेपाली लघु उद्यमीहरुका विभिन्न उत्पादनहरुलाई अवलोकन गर्नुका साथै उनीहरुसंग प्रत्यक्ष कुराकानी गरेका थिए । अष्ट्रेलियाली अन्तराष्ट्रिय विकास नियोग असएडले लघु उद्यम विकास कार्यक्रम संचालनका लागि प्रमुख दातृ निकाय भएकोले सो अवलोकन भ्रमण आयोजना गरिएको राष्ट्रिय कार्यक्रम निर्देशक यमकुमारी खतिवडाले बताउनुभयो । कार्यक्रममा राजधानीका नजिक जिल्लाहरुका लघु उद्यमी एवं उनीहरुको उत्पादनलाई राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top