AdAd
Ad

राजनीतिक इच्छाशक्ति नभई विकास हुँदैन ः गडकरी Featured

काठमाडौं, कार्तिक २६ । भारत सरकारका यातायात तथा ग्रामीण विकासमन्त्री नितीन गडकरीलेले राजनीतिक इच्छाशक्ति नभइ विकासमा फड्को मार्न नसकिने बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) ले काठमाडौंमा आयोजना गरेको पूर्वाधार सम्मेलनमा ‘गेष्ट अफ अनर’ रहेका गडकरीले मुख्य वक्ताका रुपमा सम्मेलनलाई सम्बोधन गर्दै भने, “काम नगर्नेले सभा, सम्मेलन, सर्भे, समिति, उपसमितिका कुरा गर्छ । सभासम्मेलनभन्दा काम गरेर देखाउनुपर्छ ।”
‘जहाँ इच्छा, त्यहाँ उपाय’ पुरानो उखानलाई स्मरण गर्दै गडकरीले भने, “उपयुक्त कार्यक्रम ल्याउनुस्, असम्भव हुने कुरा केही पनि देख्दिनँ ।’
उनले सन् १९९६ मा कसरी अहिलेको लोकप्रिय मुम्बई–पुना आधुनिक राजमार्गको निर्माण अगाडी बढ्यो भन्ने सम्बन्धमा व्याख्या गरे, जतिबेला उनी लोक निर्माण कार्य (पब्लिक वक्र्स) मन्त्री थिए । त्यतिबेला उनको मन्त्रालयमा जम्मा भारु १० करोड बजेट थियो, जसबाट राजमार्ग निर्माण सम्भव थिएन, उनले रिलायन्स कम्पनीको भारु ३६ अर्बको प्रस्तावलाई पनि अस्वीकार गरिदिए । मुम्बईमा पूर्वाधारका विकासका लागि उनले बचतपत्र जारी गरे । बचतपत्र भारु ५ अर्बका लागि जारी गरेका थिए तर यो राजमार्ग निर्माणका लागि भारु ११.८ अर्ब बजारबाट उठ्यो, बाँकी निजी क्षेत्रबाट राम्रो प्रतिफल दिने विश्वासका आधारमा रकम लिए । त्यसो त गडकरीलाई सामाजिक उद्यमीका रुपमा पनि चिनिन्छ ।
उनले सरकारलाई स्रोत नभएको बेला सार्वजनिक निजी साझेदारी (पीपीपी) का आधारमा परियोजनाहरु निर्माण गर्न सुझाव दिए । उनले भने, “अहिलेको समयमा सरकारले व्यवसाय गर्ने नै होइन ।”
गडकरीले सरकारी प्रशासनिक झमेलाले हुने ढिलासुस्ती निजी क्षेत्रको हकमा भने एकै दिनमा लाखौंको नोक्सानी हुनसक्ने उल्लेख गरे ।
“अहिलेको समय परिवर्तनको हो, चाहे हामी समाजवादी हौं या कम्युनिष्ट हाम्रो साझा लक्ष्य गरिबी निवारण, रोजगारी सिर्जना र आर्थिक संवृद्धि हुनुपर्छ,” गडकरीले भने, “पूर्वाधारको विकासले निजी क्षेत्रलाई व्यवसाय विस्तारको अवसर दिन्छ, रोजगारी बढ्छ अन्ततः देश संवृद्ध हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 19 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top