AdAd
Ad

राजनीतिक स्थिरताले शेयरबजार उत्साहजनक

कठमाडौं, २८ मंसिर । पछिल्लो समय मुलुकको राजनीति स्थिर बन्दै गएकाले यसको असर शेयर बजारमा परेको छ । साताको पहिलो दिन आइतबार शेयरबजार परिसुचक नेप्से झन्डै ४० अंकले बढेर ९१०.०१ अंकमा पुगेको छ ।
राजनीति घटनाक्रमले प्रत्यक्ष असर गर्ने हाम्रो शेयरबजारमा राजनीतिक परिवर्तनले बजारलाई प्रतिकुल असर पार्दै आएको छ । राजनीतिक स्थिरता देखिएपछि लगानीकर्ताहरुमा बजार प्रति उत्साह बढेको शेयर विश्लेषकहरुको धारणा रहेको छ । तर राजनीतिक कारणलाई मात्र मानेर बजार वृद्धि हुने भने होइन ।
मुलुक अहिले राजनीतिक संक्रमणकालको अवस्थामा रहेको बेला शेयर लगानीकर्ताहरु सजक भएर लगनी गर्न उपयुक्त हुने नियामक निकायले बताएको छ । राजनीतिक आधार बनाएर बजार माथि पुराउने र पछि घटाउने चलखेल पनि विगतमा देखिएको छ ।
आइतबार शेयरबजार माथि पुराउन जलविद्युत र होटल समुहको योगदान अधिक रहेको छ । जलविद्युत १४४.०३ अंक र होटल १४२.०६ अंकले बढेको छ । वीमा ११५.८४, वाणिज्य बैंक ४३.५ अंकले बढेको छ ।
यसरी नेप्से परिसुचकसंगै समुहगत परिसुचकको वृद्धिले कारोबार रकम समेत बढ्न गएको छ । गत साताको अन्तिम दिनको तुलनामा यस साताको पहिलो दिन कारोबार रकम १० करोड रुपैयाँले वृद्धि भई २८करोड २३ लाख रुपैयाँ पुगेको छ । यता आइतबार १० लाख ७१ हजार ३४५ कित्ता शेयर किनबेच भएका छन् ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top