AdAd
Ad

राजश्वमा बैंकिङ क्षेत्रको योगदान वृद्धि हुँदै

काठमाण्डौं, मंसिर ५ । तेस्रो कर दिवसको उपलक्षमा नेपाल बैंकर्स संघले मिति २०७१।८।५ गतेका दिन “राजश्वमा बैंकिङ्ग क्षेत्रको योगदान” विषयक एक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आयोजना ग¥यो ।

उक्त कार्यक्रममा अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग,कर कार्यालय, नेपाल राष्ट्र बैंक, डेभलपमेन्ट बैंकर्स एशोसियसन, नेपाल वित्तिय संस्था संघ लगायतका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

कार्यक्रममा नेपाल बैंकर्स संघका तर्फवाट अधिवक्ता श्री विनय रेग्मीले प्रस्तुती दिनुभएको थियो । प्रस्तुतीको क्रममा गत आर्थिक वर्षमा बैंकिङ्ग क्षेत्र बाट कर्पोरेट, पारिश्रमिक र टिडिएस÷अन्य गरि जम्मा रु. ११.६९ अर्ब कर रकमको योगदान देखियो । सो रकम अधिल्लो आर्थिक वर्षको तुलनामा रु. १.२० अर्बको बृद्घी होे । साथै,आन्तरिक राजश्व विभागले संकलन गरेको कूल आयकर रकम मध्ये बैंकिङ्ग क्षेत्रको तर्फबाट कर्पोरेट करमा १५.६९५ तथा पारिश्रमिक करमा १०.८४ ५ को योगदान रहेको देखियो ।

सोही अवसरमा बैंकिङ्ग क्षेत्रको पारदर्शितालाई ध्यान दिंदै बैंकिङ्ग क्षेत्रलाई अन्य क्षेत्र सरह कर लागु गर्ने, अरु क्षेत्रलाई अझ पारदर्शी वनाउने, बैंकिङ्ग क्षेत्र संग सम्बन्धित कर ब्यवस्था सम्बन्धमा भएका अप्ठयारा प्रावधान हरु मा समयानूकूल संशोधन गर्ने, आदि सम्बन्धमा आवश्यक व्यवस्था हुन समेत सुझाब गरिएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top