AdAd
Ad

राष्ट्रिय वाणिज्य बैंकको पुग्यो पुँजी पर्याप्तता, दोस्रो त्रैमासपछि साधारण शेयर निष्काशनको तयारी Featured

काठमाडौं, ६ पौष । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको क्रस होल्डिङमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर बोल कबोलमा बिक्री पछि बैंकको पुँजी पर्याप्तता १० प्रतिशत भन्दा बढि पुगेको छ । बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकको ५७ लाख ९६ हजार ७५७ कित्ता शेयर बिक्री गरेको थियो । यस्तै बैंकले नेपाल आवाष फाइनान्सको १ लाख ७८ हजार ९२७ कित्ता शेयर समेत बिक्री गरेको छ । यी दुबै संस्थाहरुको शेयर बिक्री पछि बैंकले करिब २ अर्ब ५० करोड रुपैयाँ संकलन गरेको बताएको छ । केन्द्रिय बैंकले तोकेको पुँजी पर्याप्तता हासिल पछि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास पछि साधारण शेयर निष्काशनका लागि आवेदन दिने जनाएको छ ।
यस बैंक आगामी माघ १० गते ५० वर्षमा प्रवेश गर्दैछ । स्वर्ण जयन्ती वर्षको अवसरमा बैंकले आफ्नो व्यवसाय, ग्राहक संख्या तथा सेवाको पहुँच विस्तारलाई जोड दिने भएको छ । जसका लागि बैंकले शाखा विस्तार, सेवाको गुणस्तरमा सुधार तथा आन्तरिक प्रणाली सुढृद बनाउने बताएको छ । यस्तै बैंकले चालु आर्थिक वर्षमा १० शाखाहरु पुनःस्थापना गर्ने भएको छ । हाल बैंकले ४९ शाखाहरु पुनःस्थापना गरिसकेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top