AdAd
Ad

रिलायन्सलाई हकप्रद शेयर निष्काशन अनुमति

काठमाडौं, २६ असोज । रिलायन्स फाइनान्सलाई नेपाल धितोपत्र बोर्डले ४५ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ । ५१ करोड २५ लाख रुपियाँ चुक्ता पुँजी रहेको ग वर्गको यस फाइनान्सको हकप्रद निष्काशनपछि ७४ करोड ३१ लाख रुपियाँ पुग्नेछ । राष्ट्र बैंकका अनुसार ग वर्गको फाइनान्स कम्पनीको चुक्ता पुँजी ८० करोड रुपियाँ पुग्नुपर्छ ।
फाइनान्सको चौथो त्रैमासिक वित्तिय विवरण अनुसार प्रति शेयर आम्दानी २१.४४ रुपियाँ रहेको छ । फाइनान्सले नपुग रकम गत वर्षको नाफाबाट बोनस दिएर सजिलै पु¥याउन सक्ने अवस्था रहेको छ ।
फाइनान्सले २३ करोड रुपियाँ बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top