AdAd
Ad

रेमिट्यान्स आप्रवाहमा कमी निरन्तर

काठमाडौं, ३ मंसीर । चालु आर्थिक वर्षको दोस्रो महिनामा रेमिट्यान्सको आप्रवाहमा देखिएको नकारात्मक वृद्धिदर तेश्रो महिनामा पनि कायमै रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह पहिलो त्रैमासमा शून्य दशमलव ६ प्रतिशतले कमी आएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एक सय ३५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चालु वर्षमा सोभन्दा कम अर्थात् एक सय ३४ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । दास्रो महिनामा त रेमिट्यान्स आप्रवाहमा गत आवको तुलनामा ४ प्रतिशतले कमी आई ८४ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जबकी गत आवमा ८८ अर्ब तीन करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
रेमिट्यान्स आप्रवाहमा आएको कमीका कारण गत महिना नेपालले शोधानान्तर घाटा बेहोरेको थियो । चालु आवको दोस्रो महिनामा १० अर्ब ५० करोड रुपैयाँ शोधानान्तर घाटा हुनुको मुख्य कारणका रुपमा रेमिट्यान्स आप्रवाहमा कमी तथा निर्यात आयमा गिरावटलाई मुख्य कारण मानिएको छ । यद्यपि तेश्रो महिनामा भने शोधानान्तर स्थितिमा सामान्य बचत देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात गत वर्षको सोही अवधिको तुलनामा २४.७ प्रतिशतले वृद्धि भई एक सय ९१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ भने निर्यात २.३ प्रतिशतले कमी आई २२ अर्ब ५३ करोडमा सीमित भएको छ । पहिलो त्रैमासमा मुलुकको कुल व्यापार घाटा एक सय ६९ अर्ब ७२ करोड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 12 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top