AdAd
Ad

ललितपुुर वाणिज्य संघको अध्यक्षमा कृष्णलालको उम्मेदवारी

काठमाडौं, २६ असोज । ललितपुर उद्योग वाणिज्यसंधको यहि अश्विन २८ गते हुन गइराखेको ३८ औं वार्षिक साधारणसभा एवं निर्वाचनलाई मध्यनजर गर्दै अध्यक्षका प्रत्यासिका रुपमा कृष्णलाल महर्जनले भावि नेतृत्वका लागी उम्मेदवारी दिएका छन् । ललितपुर उद्योग वाणिज्य संघको विभिन्न समितिमा रहेर काम गरेका महर्जन संघका पूर्व महासचिवसमेत हुन् । नयाँ जोश र अनुभव सम्हालेका र समावेसी टिम लिएर उनी चुनावी मैदानमा उत्रिएका छन् ।
५० वर्षको इतिहास बोकेको ललितपुर उद्योग वाणिज्य संघ राजधानीसंग जोडिएको जिल्ला भएता पनि हालको नेतृत्वको क्षमता अभावमा संघका गतिविधीले फड्को मार्न नसकेको हुदा अब संघलाई नयाँ भिजन र योजनाकासाथ अगाडी वढाउन नै अध्यक्षमा उम्मेदवारी दिएको महर्जनले बताए । ललितपरको कला, संस्कृति र सम्पदाको जगेर्ना गर्दै आर्थिक विकास र समद्घिकालागी संघले आगामी दिन मा निर्वाह गर्नुपर्ने भुमिका संगै उद्योगी व्यवशायी हरुका समस्या र चुनौतीका विषयमा आफु सक्रिय पूर्वक वढ्ने महर्जनले बताए । महर्जन रोटरी क्लव अफ हिमालयान पाटनमा आवद्घ रहेका छन् । उनकै सक्रियतामा ललितपुरको ११ नम्वर वडामा मुटुरोग सेवा केन्द्र सन्चालनमा आउन लागेको छ । उनी नेपाल रत्न तथा आभुसण महासंघका केन्द्रिय महासचिव, ललितपुर रत्न आभूषण संघका अध्यक्ष तथा क्लासीक इम्पोरीयम प्रा. लि. का अध्यक्ष हुन् । उनको समूहवाट वरिष्ठ उपाध्यक्षमा गजेन्द्रलाल क्षेष्ठ उपाध्यक्ष (उद्योगतर्फ), विश्वराज वज्राचार्य (वाण्ज्यि), बालकाजी महर्जन उपाध्यक्ष संस्थागततर्फ, श्याम तण्डुकार र महासचिव दिपेन्द्र शाक्य र कोषध्यक्ष नारायण गोपाल श्रेष्ठको उम्मेदवारी परेको छ । सदस्यहरुमा रमेश सी महर्जन, सुरेन्द्र अवाले, सुशन महर्जन, महेश श्रेष्ठ, राजेन्द्र तण्डुकार, नविनमान श्रेष्ठ र रुपकलाल महर्जनले उम्मेदवारी दिएका छन् ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top