AdAd
Ad

वाणिज्य बैंकहरुको नाफा पहिलो त्रैमासमा १८ प्रतिशत बढ्यो

काठमाडौं, ४ मंसीर । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा गत आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले वृद्धि भएको छ । सञ्चालनमा रहेका ३० वाणिज्य बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार चालु वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा कुल चार अर्ब ९८ करोड रुपैयाँ रहेको छ । यस्तो नाफा गत आवमा चार अर्ब २३ करोड रुपैयाँ रहेको थियो ।
बढी नाफा गर्ने पहिलो पाँच बंैकहरुमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंक रहेका छन् । यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकको ६७ अर्ब ३८ करोड, नबिल बैंकको ५० करोड ४८ लाख, नेपाल इन्भेष्टमेण्ट बैंक ४९ करोड १३ लाख, एभरेष्ट बैंकको ३९ करोड ११ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३४ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
सबैभन्दा बढी नाफाको वृद्धिदर हासिल गर्नेहरुमा नेपाल बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक, लुम्बिनी बैंक र माछापुछ« बैंक रहेका छन् । नेपाल बैंकले गत आवको सोही अवधिको तुलनामा झण्डै १३ गुणा बढी नाफा आर्जन गरी कुल २६ करोड ९१ लख रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो अवधिमा ग्लोबल आईएमई, एनबी, कुमारी, मेगा तथा कृषि विकास बैंकको भने नाफा घटेको छ भने तीन बैंक घाटामा गएका छन् ।
घाटामा गएकाहरुमध्ये सबैभन्दा बढी ग्राण्ड बैंकको नोक्सान २८ करोड छ लाख, प्रभु बैंकको ११ करोड ६८ लाख तथा सिभिल बैंकको ९६ लाख रुपैयाँ नोक्सानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 16 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top