AdAd
Ad

वाणिज्य बैंकहरुको नाफा बढ्यो

काठमाडौं, ३० कार्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश बैंकले नाफा बढाएका छन् । अहिलेसम्म वित्तिय विवरण प्रकाशित गरिसकेका २४ बैंकहरुमध्ये नेपाल बैंकको नाफा सबैभन्दा बढी देखिएको छ । नबिल बैंकले यो अवधिमा ५० करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४५ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकले ४९ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, बैंकले गत वर्षको पहिलो त्रैमासमा ४६ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बढी नाफा आर्जन गर्ने अन्य बैंकहरुमा एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंक र हिमालयन बैंक रहेका छन् । यिनीहरुले समीक्षा अवधिमा क्रमशः ३९ करोड ११ लाख, ३४ करोड ९७ लाख, २६ करोड ९१ लाख र २६ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका छन् ।
गत वर्षको तुलनामा नेपाल बैंकको नाफा १२ गुणाभन्दा बढी छ । बैंकले गत वर्ष सोही अवधिमा दुई करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा ग्लोबल आईएमई बैंक, कुमारी बैंक लगायतको घाटा गत वर्षको तुलनामा घटेको छ । ग्लोबल आईएमईको नाफा गत वर्षभन्दा ४ करोड ८६ लाख रुपैयाँले घटेर २२ करोड २७ लाख रुपैयाँमा रहेको छ । त्यस्तै कुमारी बैंकले गत वर्ष सोही अवधिमा चार करोड ६४ लाख रुपैयाँ नाफा गरेकोमा यो वर्ष तीन करोड ३८ लाखमा सीमित भएको छ । त्यस्तै मेगा बैंकले पनि गत वर्ष समीक्षा अवधिमा १० करोड १८ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष आठ करोड नौ लाख रुपैयाँमा सीमित भएको छ ।
ग्राण्ड बैंक २८ करोड रुपैयाँ नोक्सानीमा रहेको छ भने प्रभु बैंक ११ करोड ६८ लाख रुपैयाँ घाटामा छ ।
अन्य बैंकहरु बैंक अफ काठमाडौं (१६ करोड ५८ लाख), सिटीजन्स (११ करोड तीन लाख), एनएमबी (१४ करोड २८ लाख), सानिमा (१३ करोड नौ लाख), एसबीआई (२५ करोड ६२ लाख), माछापुच्छ«े (१९ करोड तीन लाख), एनआईसी एसिया (१५ करोड ४२ लाख), सिद्धार्थ (१४ करोड ४१ लाख), जनता (दुई करोड १३ लाख), लुम्बिनी (आठ करोड छ लाख), एनसीसी (१० करोड २८ लाख), सनराइन (नौ करोड ५० लाख), सेञ्चुरी (तीन करोड ५५ लाख) नाफा बढाउने सूचीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top