AdAd
Ad

विकास बैंकहरु मर्ज भएकाले निक्षेप र कर्जाको वृद्धिदरमा कमीः कृष्णराज लामिछाने

काठमाडौं, ४ पौष । केन्द्रिय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष चार महिनाको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन २.९ प्रतिशतले बढेको छ । यस्तै सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह ५.९ प्रतिशतले वृद्धि भएको छ ।
समिक्षा अवधिमा वाणिज्य बंैकहरुको निक्षेप परिचालन ४.१ प्रतिशत र वित्त कम्पनीहरुको १.७ प्रतिशतले बढेको छ । तर विकास बैंकहरुको हकमा भने निक्षेप परिचालन ४.७ प्रतिशतले घटेको तथ्याङ्कमा उल्लेख छ । यस्तै सोहि अवधिमा वाणिज्य बैंक र वित्त कम्पनीहरुको कर्जा प्रंवाह क्रमशः ७.९ प्रतिशत र ३.१ प्रतिशतले वृद्धि भएको छ । जबकी विकास बैंकहरुको कर्जा प्रवाह २.८ प्रतिशतले घट्न गएको छ । समिक्षा अवधिमा वाणिज्य बैंक र वित्त कम्पनीहरुको तुलनामा विकास बैंकको निक्षेप परिचालन र कर्जा प्रवाहमा गिरावट आउनुको कारण विकास बैंकहरु मर्जरमा गएको विकास बैंक संघका अध्यक्ष कृष्णराज लामिछानेले बताएका छन् । ‘ठुलो मात्रामा निक्षेप र कर्जाको परिमाण भएका विकास बैंकहरु यस अवधि भित्रमा वाणिज्य बैंकसंग गाभिएकाले यस्तो देखिएको हो,’ उनले भने ‘तर गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन हेर्ने हो भने विकास बैंकहरुको निक्षेप र कर्जा वाणिज्य बैंकहरुको तुलनामा सन्तोषजनक नै छन् ।’
अहिले वित्तीय प्रणालीमा अधिक तरलताको अवस्थाले विकास बैंकमार्फतको कर्जा प्रवाहमा कठिनाइ आएको अध्यक्ष लामिछानेले प्रष्टाए । वाणिज्य बैंकहरुको तुलनामा विकास बैंकहरुको लागत बढि भएकाले पनि कर्जा प्रवाहमा समस्या आएको उनले बताए । ‘अधिक तरलताका कारण वाणिज्य बैंकहरुले सस्तो व्याजदरमा कर्जा प्रवाह गर्छन्,’ उनले भने ‘त्यसको प्रतिस्पर्धामा हामीले कर्जा प्रवाह गर्न असहज भएको छ ।’
यता ग्रामिण क्षेत्रमा भने विकास बैंकहरुको पहुँच वाणिज्य बैंक तथा वित्त कम्पनीहरुको भन्दा अधिक रहेको अध्यक्ष लामिछानेको ठहर छ । तर शहरी क्षेत्रमा वाणिज्य बैंकहरुको प्रभावले विकास बैंकहरुको कारोबारको दायरा खुम्चिएको उनले जनाए ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top