AdAd
Ad

वित्तीय परिसुचक नकारात्मक र खराब संस्थागत सुशासनका कारण नेपाल फाइनान्सलाई केन्द्रिय बैंकले गर्याे समस्याग्रस्त घोषणा Featured

काठमाडौं, १८ मंसिर । नेपाल राष्ट्र बैंकले नेपाल फाइनान्स लिमिटेडलाई समस्याग्रस्त घोषणा गरी ६ महिना भित्र सुधार गर्न निर्देशन जारी गरेको छ । फाइनान्सले प्रकाशन गरेको २०७० पौष मसान्तको अपरिष्कृत वित्तीय विवरणको केन्द्रिय बैंकले गरेको स्थलगत अध्यायनको आधारमा वित्तीय परिसुचकहरु निर्देशन अनुरुप नभेटिएकाले फाइनान्सलाई समस्याग्रस्त घोषणा गरिएको हो ।
नेपाल फाइनान्स लिमिटेडको पूँ्जीकोष ४.२६ प्रतिशतले ऋणात्मक रहेको छ । यस्तै फाइनान्सको कुल निष्क्रिय कर्जा अनुपात ५४.१८ प्रतिशत पुगेको छ । २२ करोड रुपया चुक्ता पूँजी पु¥याउनु पर्नेमा फाइनान्सको चुक्ता पूँजी १३ करोड ५८ लाख रुपैयाँ मात्र रहेको छ । साथै फाइनान्सका कार्यकारी प्रमुख रविचन्द्रमान प्रधानले आफु अनुकुुलको निकट फर्म, कम्पनी तथा व्यक्तीहरुमा कर्जा प्रवाह गरेको पाइएको छ ।
केन्द्रिय बैंकले २०७१ असार २७ गते फाइनान्सलाई किन समस्याग्रस्त घोषणा नगरिने भन्ने सन्दर्भमा स्पष्टिकरण सोधिएकामा फाइनान्सको तर्फबाट चित्त बुभm्दो जवाफ नआएपछि बैंकलाई सिघ्र सुधारात्मक कदम चाल्ने निर्देशन जारी गरिएको हो । नेपाल राष्ट्र बैंकले फाइनान्सलाई निर्र्देशन अनुसारको चुक्ता पूँजी र पूँजीकोष अनुपात कायम गर्न भनिएको छ । फाइनान्सलाई थप निक्षेप संकलन र कर्जा प्रवाह गर्न प्रतिवन्ध लगाइएको छ । यस्तै फाइनान्सको स्थिर सम्पत्तिको खरिद तथा बिक्रीमा रोक लगाउनुका साथै तलव तथा भत्ता वृद्धि एवं नयाँ कर्मचारी नियुक्तमा रोक लगाइएको छ । साथै कम्पनीले लाभांश घोषणा गर्न र नयाँ शाखा विस्तार गर्न नपाउने भएको छ भने कुल निष्क्रिय कर्जालाई ५ प्रतिशत भन्दा कममा झार्न पार्ने प्रावधान दिइएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top