AdAd
Ad

विश्व विकास बैंक र फेवा फाइनान्स मर्ज हुँदै, राष्ट्रियस्तरको विकास बैंक बन्ने, फेवा विश्व विकास बैंकको नामबाट संचालनमा आउने Featured

काठमाडौं, ८ पौष । विश्व विकास बैंक लिमिटेड र फेवा फाइनान्स बिच मर्जरको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यी दुई संस्थाहरुको मर्जर सम्झौताका कारण शेयरबजारमा दुवै संस्थाको शेयर कारोबार रोक्का गरिएको छ । मर्जरको सम्झौता गरेका यी संस्थाहरुको केन्द्रिय कार्यलय कास्की जिल्लाको पोखरामा केन्द्रिय कार्यलय रहेको छ ।
विश्व विकास बैंक र फेवा फाइनान्स मर्ज पछि राष्ट्रियस्तरको विकास बैंक बन्ने फेवा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रेशम थापाले जनाकारी दिएका छन् । यस्तै मर्जपछि संस्थाको नाम फेवा विश्व विकास बैंक रहने बताइएको छ । यस्तै मर्ज संस्थाको चुक्ता पुँजी ८१ करोड ५५ लाख रुपैयाँ पुग्ने छ । दुबै संस्थाको कुल निक्षेप ८ अर्ब रुपैयाँ र कर्जा प्रवाह ७ अर्ब रुपैयाँ हुने जनाएको छ । साथै सस्थाको शाखा संस्था ३० पुग्ने बताइएको छ ।
विश्व विकास बैंक नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त क्षेत्रिय स्तरको विकास बैंक हो । बैंकको हाल पुँजी ३६ करोड रुपैयाँ रहेको छ । यस बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६.५ प्रतिशत बोनस शेयर र ०.८२ प्रतिशत नगद लाभांश दिने प्रस्तवा गरेको छ ।
यस्तै फेवा फाइनान्स लिमिटेड ग वर्गको इजाजत प्राप्त वित्त कम्पनी हो । कम्पनीको हाल पुँजी ३९ करोड ६३ लाख रुपैयाँ रहेको छ । यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ७५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र १०.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
यी दुबै संस्थाहरु विश्व विकास बैंक र फेवा फाइनान्सको प्रति शेयर अन्तिम बजार मुल्य क्रमशः २८५ रुपैयाँ र २२३ रुपैयाँ रहेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top