AdAd
Ad

वैवाहिक मौसमको शुरुवातसंगै कपडा र श्रृंगार समाग्रीको बिक्री बढ्दो

काठमाडौं, १३ मंसिर । नेपालमा विवाहको महिनाको रुपमा लिइने मंसिर महिना सुरुभएसंगै बेहुलीको श्रृंगार सामाग्री र कपडाको बिक्री बढेको छ । हिन्दु परम्परा अनुसार विवाह समारोहामा बेहुलीले प्रयोग गर्ने श्रृंगारका समानहरुको अलवा विवाहमा प्रयोग हुने कपडाको पनि माग बढी रहेको व्यवसायीहरुले बताएका छन् ।
नेपालमा हिन्दु परम्परागत शैलीमा विवाह गरिने हुँदा विशेष खालका नयाँ कपडा तथा श्रृंगार सामानहरुको प्रयोग बढी हुने गर्छ । परम्परागत तथा नेपालीपनका विवाहको कपडा व्यापार गर्दै आएका न्युरोडका व्यापारी रामकृष्ण महर्जन भन्छन् हाम्रो व्यापारको समय भनेकै विवाहको लगन बढी हुने मंसिर र माघ महिना हो, त्यो बाहेक असार र फाल्गुन महिनामा पनि लगन जुर्ने भएकाले व्यापार राम्रै हुन्छ ।
विवाहको मौसमका कपडामा पनि समय अनुसार धेरै परिमार्जीन भएको छ । ‘पहिला बेहुलीले लगाउने कपडा र अहिलेकोमा धेरै भिन्नता आईसकेको छ,’ महर्जन भन्छन् । बेहुलीका अलवा बेहुलीका परिवार तथा आफन्तहरुले पनि विवाहका लागि भनेरै विशेष खालका कपडा लगाउने चलन आएकाले त्यसको माग पनि बढ्दै जान थालेको छ । पछिल्लो समयमा विवाहको मौसममा ढाकाको कपडाको माग पनि बढ्न थालेको उनको अनुभव रहेको छ ।
विवाहको अवसरमा विशेष महत्व राख्ने श्रृंगारका सामाग्रीको पनि व्यापार बढ्दै गएकाृ छ । पछिल्लो समयमा बेहुलीको श्रृंगारको लागि व्याटिसियन महिलाहरुको प्रयोग हुने हुँदा श्रृङ्गगारको समान व्यटिसियनहरु मार्फत बढी बिक्री हुने भनाई व्यापारीहरुको छ । न्यरोडमा विगत २ दशक देखि श्रृंगारको समानको व्यापार गर्दै आएका अब्दुल कलाम श्रृंगारको समान खरिदमा धेरै परिवर्तन आएको बताउँछन् ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top